पैदल यात्रुलाई पनि काठमाडौं प्रवेशमा रोक « Khabarhub

पैदल यात्रुलाई पनि काठमाडौं प्रवेशमा रोक


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि सरकारले पैदल यात्रुलाई पनि काठमाडौं प्रवेशमा रोक लगाएको छ ।

जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले अत्यावश्यक सेवाका बाहेक बिनापासका सवारी साधन र पैदल यात्रुलाई काठमाडौं प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

यसअघि पैदल हिड्नेका लागि खासै कडाइ नगरिएकोमा अब सकडमा बिना पास निस्कने पैदल यात्रुलाई पनि कारबाही गरिने भएको छ ।

गृह मन्त्रालयले लकडाउन कडा बनाउन दिएको निर्देशनपछि शुक्रबार बसेको समितिको बैठकले मूल सडक, भित्री सडक र गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको भीड भएको भन्दै थप कडाई गरेको हो ।

सडकमा बिनापास निस्किएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ । यसअघि बिहिबार गृह मन्त्रालयले जिल्लाभित्रको आन्तरिक पासलाई पनि खारेज गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ५ : ४९ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका