पैदल यात्रुलाई पनि काठमाडौं प्रवेशमा रोक | Khabarhub Khabarhub

पैदल यात्रुलाई पनि काठमाडौं प्रवेशमा रोक


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएपछि सरकारले पैदल यात्रुलाई पनि काठमाडौं प्रवेशमा रोक लगाएको छ ।

जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले अत्यावश्यक सेवाका बाहेक बिनापासका सवारी साधन र पैदल यात्रुलाई काठमाडौं प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

यसअघि पैदल हिड्नेका लागि खासै कडाइ नगरिएकोमा अब सकडमा बिना पास निस्कने पैदल यात्रुलाई पनि कारबाही गरिने भएको छ ।

गृह मन्त्रालयले लकडाउन कडा बनाउन दिएको निर्देशनपछि शुक्रबार बसेको समितिको बैठकले मूल सडक, भित्री सडक र गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको भीड भएको भन्दै थप कडाई गरेको हो ।

सडकमा बिनापास निस्किएमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ । यसअघि बिहिबार गृह मन्त्रालयले जिल्लाभित्रको आन्तरिक पासलाई पनि खारेज गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ५ : ४९ बजे

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार

दुई दिन शेयर कारोबार नहुने

काठमाडौं – बुधबार र बिहीबार पुँजी बजारमा शेयर कारोबार नहुने

संसद् भवनभित्र मृतक भेटिए भनेर भ्रम नफैलाउन प्रहरीको आग्रह

काठमाडौं – नेपाल प्रहरीले संसद् भवनभित्र ३२ जना मृतक भेटिएर

कडा सुरक्षा चेकजाँचमा सेना, हिँडडुल गर्न पाइन्छ ?

काठमाडौँ – मङ्गलबार बेलुकी १० बजेदेखि देशको सुरक्षा कमाण्ड सम्हालेको