खेलकुद क्षेत्रको पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा « Khabarhub

खेलकुद क्षेत्रको पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले खेलकुद क्षेत्रको पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ ।

संघीय संसदका दुबै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी बर्ष खेलकुदमा स्थानीय, प्रदेश र राष्ट्रिय स्तरका सुविधा सम्पन्न पूर्वाधार निर्माण र स्तरोन्नतीलाई निरन्तरता दिने बताएकी हुन् ।

यस्तै नीति तथा कार्यक्रममा आगमि आर्थिक वर्ष उच्च पर्वतीय खेलकुुद तालिम केन्द्रको स्थापना गरिने उल्लखे भएको छ । सरकारले नीजि क्षेत्रबाट पहल गरिएका खेलकुद पूर्वाधारलाई प्रोत्साहन गर्ने नीति अबलम्बन गरेको छ ।

यस्तै राष्ट्रपति भण्डारीले मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले हासिल गरेको उपलब्धीको प्रशंसा समेत गरेकी छन् । सागमा नेपालले अहिलेसम्मकै सबैभन्दा धेरै ५१ स्वर्णसहित २०७ पदक जितेको थियो ।

सरकारले क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भई पदक जित्ने गरि खेलाडीको क्षमता अभिवृदी गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ६ : ५६ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण