लकडाउनमा अत्यावश्यक परे सवारी पास पाइने, कहाँबाट लिन सकिन्छ ? « Khabarhub

लकडाउनमा अत्यावश्यक परे सवारी पास पाइने, कहाँबाट लिन सकिन्छ ?


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सरकारले लकडाउनको समयमा अत्यावश्यक पर्नेहरुका लागि सवारी पास प्रदान गर्न सकिने जनाएको छ ।

लकडाउनको समयमा विभिन्न जिल्ला प्रशासन कार्यालयबाट विगतमा जारी गरिएका सबै प्रकारकार सावरी पासहरु रद्द गरिएकाे विषयमा विभिन्न निकाय एवं महानुभावबाट केही अस्पष्टता भएको भन्ने गुनासो प्राप्त भएको भन्दै गृह मन्त्रालयले पाँच बुँदामा स्पष्ट पाेरेको छ ।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी अत्यावश्यक पर्नेहरुका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राखी पुनः नयाँ सवारी पास लिन सकिने जानकारी दिएको हो ।

मन्त्रालयले काठमाडौं उपत्यकाको हकमा जिल्ला प्रशासन कार्यालयको वेभसाइट ( daokathmandu.moha.gov.np) मा रहेको सूचना हेरी नियामक निकाय तोकिएको हकमा सम्बन्धित नियामक निकायसँग सम्पर्क राखी सवारी पास लिन सकिने र नियामक निकाय नतोकिएको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सम्पर्क राखी पुनः सवारी पास लिन सकिने जनाएको छ ।

त्यस्तै सञ्चारकर्मीहरको हकमा साविकमा रहेको प्रावधान ‘प्रेस पास प्राप्त सञ्चारकर्मीहरु’लाई सवारी पास आवश्यक नपर्ने भन्ने व्यवस्थामा कुनै परिवर्तन नगरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।

त्यस्तै मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जाने गरी सवारी पास जारी गर्नुपर्ने भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले गन्तव्य जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृति लिएर मात्र सवारी पास जारी गर्नुपर्ने र काठमाडौं उपत्यकामा एक जिल्लाबाट जारी भएको पासले उपत्यकाकै अर्को जिल्लामा यात्रा गर्न बाधा नपर्ने जनाएको छ ।

 

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ११ : ०० बजे

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा

कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा

चितवन – चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी

तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ

काठमाडौं – गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका सात