कोरोनाका नयाँ संक्रमित देखिएपछि चीनमा सीफुड र तरकारी बजार बन्द « Khabarhub

कोरोनाका नयाँ संक्रमित देखिएपछि चीनमा सीफुड र तरकारी बजार बन्द


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका ५३ जना नयाँ संक्रमित भेटिएपछि चीनले राजधानी बेइजिङस्थित प्रमुख सीफुड र सिनफादी तरकारी बजार  तत्काललाई बन्द गरेको छ ।

सिनफादी बजारमा काम गर्ने वा पसल गर्ने ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि चीनले उक्त निर्णय गरेको हो ।

चीनको उक्त निर्णयले सिनफादी सीफुड तथा तरकारी बजार आसपासका ११ आवासीय क्षेत्र तथा नौ विद्यालय पनि प्रभावित भएका छन् । जोखिम बढ्न सक्ने ठानेर ती आवासीय क्षेत्र र विद्यालय पनि बन्द गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

चीनले कोरोनाभाइरस नियन्त्रणमा आइसकेको घोषणा गरे पनि केही समय यता पुनः संक्रमित देखिन थालेका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ७ : ४७ बजे

मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ- नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक भएको छ

भयावह बन्दै सवारी दुर्घटना

काठमाडौँ- हिजोआज ‘सडक दुर्घटना’ शीर्षकको समाचार आम मानिसमा सामान्य बन्दै

उद्योगी व्यवसायीको मनोबल उच्च राख्न परिसङ्घको आग्रह

नेपाल उद्योग परिसङ्घले पछिल्ला दिनमा उद्यमी व्यवसायीले आत्मदाह÷आत्महत्या गरेको दुःखद्

दुई दिने नेपाल भ्रमणका लागि अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड काठमाडौँमा

काठमाडौँ- अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड काठमाडौँ आएकी छिन् । राजनीतिक

भक्तपुरस्थित राप्रपा नेपालको पार्टी कार्यालयमा चोरी

काठमाडौँ- भक्तपुरको सल्लाघारीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल भक्तपुर जिल्ला पार्टी