कोरोनाका नयाँ संक्रमित देखिएपछि चीनमा सीफुड र तरकारी बजार बन्द « Khabarhub

कोरोनाका नयाँ संक्रमित देखिएपछि चीनमा सीफुड र तरकारी बजार बन्द


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका ५३ जना नयाँ संक्रमित भेटिएपछि चीनले राजधानी बेइजिङस्थित प्रमुख सीफुड र सिनफादी तरकारी बजार  तत्काललाई बन्द गरेको छ ।

सिनफादी बजारमा काम गर्ने वा पसल गर्ने ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि चीनले उक्त निर्णय गरेको हो ।

चीनको उक्त निर्णयले सिनफादी सीफुड तथा तरकारी बजार आसपासका ११ आवासीय क्षेत्र तथा नौ विद्यालय पनि प्रभावित भएका छन् । जोखिम बढ्न सक्ने ठानेर ती आवासीय क्षेत्र र विद्यालय पनि बन्द गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

चीनले कोरोनाभाइरस नियन्त्रणमा आइसकेको घोषणा गरे पनि केही समय यता पुनः संक्रमित देखिन थालेका छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ७ : ४७ बजे

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको

झापा-५ का मतदातासँग भलाकुसारीमा जुटे बालेन

काठमाडौं – झापा–५ बाट उम्मेदवार बनेका बालेन्द्र साह मतदातासँगको छलफलमा