नेपाल मामिलामा भारत असफल – भाजपा नेता स्वामी « Khabarhub

नेपाल मामिलामा भारत असफल – भाजपा नेता स्वामी


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता सुब्रमन्यम स्वामीले नेपाल मामिलामा भारतको विदेश नीति असफल भएको बताएका छन् ।

भारतले नेपाली भूमि अतिक्रमण गरेकोमा नेपालमा त्यसको चर्को आलोचना भइरहेका बेला भाजपा नेता स्वामीले ट्वीट गर्दै आफ्नो मुलुकको विदेश नीति पुनरावलोकनसमेत जरूरी भएको बताएका छन् ।

‘नेपालले कसरी भारतीय भूभागलाई आफ्नो भनेर सोच्‍न सक्छ? के कुराले उनीहरूको भावनालाई चोट पुर्‍याएको छ?’, उनले ट्‍वीटमा प्रश्‍न गरेका छन्, ‘किन नेपालीहरु भारतसँग सम्बन्ध तोड्न चाहन्छन्? के यो हाम्रो असफलता होइन? विदेश नीतिलाई पुनरावलोकन गर्न जरूरी छ ।’

भारतले हडपेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भूमि समेटेर तयार पारेको नयाँ नक्सालाई अनुसूचिमा अनुसूचिमा राख्न शनिबार प्रतिनिधिसभाबाट संविधान संसोधन विधेयक पारित भएपछि स्वामीको यस्तो धारणा बाहिरिएको हो ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ११ : ३२ बजे

रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन-जी सहिद परिवारको आपत्ति

काठमाडौं- जेन-जी सहिद परिवारहरुले जेन-जी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार

लोप हुँदै भटमासखेती

तेह्रथुम- कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती

केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत

काठमाडौं- नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले महाधिवेशनको तालिका

कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना

झापा- सरकारले हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ लाई