कोरोना अस्थायी अस्पताल चलाउन ४८ स्वास्थ्यकर्मी माग | Khabarhub Khabarhub

कोरोना अस्थायी अस्पताल चलाउन ४८ स्वास्थ्यकर्मी माग


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सूदुरपश्चिम प्रदेशले कोरोना अस्थायी अस्पताल सञ्चालन गर्न ४८ जना डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मी माग गरेको छ ।

समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले ४८ जना स्वास्थ्यकर्मीका लागि दरखास्त आव्हान गरेको हो ।

सुदूरपश्चिम प्रदेशले फिजिसियन ५ जना, एनेस्थोलोजिष्ट २ जना, मेडिकल अफिसर १० जना, बायोमेडिकल इन्जिनियर १ जना र स्टाफ नर्स ३० जनाका लागि दरखास्त आव्हान गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले इच्छुक व्यक्तिलाई ५ दिन भित्र दरखास्त पेश गर्न आव्हान गरेको छ । सुदूरपश्चिम प्रदेशले आवेदकलाई अन्तर्वार्ता मार्फत छनोट गरी करार सेवामा राख्नेछ ।

अन्तर्वार्ताबाट छनोट भएका स्वास्थ्यकर्मीले सेती प्रादेशिक अस्पतालको हाताभित्र सञ्चालित पाँच शय्याको आईसीयू र नवनिर्मित कोरोना अस्थायी अस्पतालमा काम गर्नुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ३ : १२ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास