क्वारेन्टिन कथा : कतै बिजोग कतै रहरलाग्दो | Khabarhub Khabarhub

क्वारेन्टिन कथा : कतै बिजोग कतै रहरलाग्दो


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरस समुदायस्तरमा फैलिन नदिन स्थानीय तहले पालिकामा रहेका विद्यालयलाई क्वारेन्टिनका रूपमा विकास गरेर भारतलगायत विभिन्न ठाउँबाट आएकाहरूलाई व्यवस्थापन गरिरहेका छन् । कैलालीमा विभिन्न पालिकामा स्थापना गरिएका क्वारेन्टाइन मापदण्डअनुसार नहुँदा भने जोखिम पनि बढेको छ ।

स्थानीय पालिकाले मापदण्ड विपरीतका क्वारेन्टिन निर्माण गरेर व्यवस्थापन गरिरहेको जिकिर गरिरहँदा सुदूरपश्चिममा कोरोना सङ्क्रमण देखिएकाहरू अधिकांश क्वारेन्टिनमै बसेकाहरू रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले बताए । निर्देशक अवस्थीका अनुसार मापदण्ड विपरीतका क्वारेन्टिन कोरोना सङ्क्रमणको केन्द्र बनेकाले व्यवस्थित बनाउनुपर्छ ।

घोडाघोडी नगरपालिका–३ मा रहेको सरस्वती आधारभूत विद्यालयमा सञ्चालित क्वारेन्टिनको अवस्था दयनीय छ । एउटै कोठामा १५ जनासम्म बसेका छन् ।

क्वारेन्टिन स्थलमा शौचालय नहुँदा राति बाहिर गएर शौचालय गर्नुपर्ने बाध्यता छ । शुद्ध पिउने पानीको अभाव, विद्युत्, गर्मी जस्ता समस्या क्वारेन्टिनमा रहेको छ । यो घोडाघोडी नगरपालिकाको क्वारेन्टिनको उदाहरण मात्र हो । नगरपालिकाले पालिकाका सामुदायिक विद्यालय तथा सार्वजनिक भवनलाई प्रयोग गरेर ६५ क्वारेन्टिन बनाएको छ ।

नगरपालिकाले सञ्चालन गरेका एकदुई क्वारेन्टिनबाहेक हरेकमा समस्या छ । क्वारेन्टिनको मापदण्ड पूरा नभएका कारण क्वारेन्टिनबाटै सङ्क्रमण फैलने जोखिम पनि छ । घोडाघोडीमै केही राम्रा व्यवस्थापन भएका क्वारेन्टिन पनि छन् ।

नगरपालिका वडा नम्बर १० मा रहेको कान्ति माविमा सञ्चालित क्वारेन्टिनमा बसेकाहरू पारिवारिक वातावरणमा बस्न पाएको बताउँछन् । क्वारेन्टिनमा बसेर भर्खरै घर फर्किएका घोडाघोडी–१० का नीरज नेपाली भन्छन्, ‘बिहानै चिया खाजा, अनि खाना दिउँसो खाजा, फेरि साँझ खाना खाइन्थ्यो क्वारेन्टिनमा, यस्तो राम्रो व्यवस्थापनमा बस्न पाइएला सोचेकै थिएनौ’ ।

स्वयंसेवकहरुको आत्मीय व्यवहारले क्वारेन्टिन बसाइ झनै सजिलो भएको नेपालीको भनाइ छ ।

गौरीगंगा नगरपालिका–९ का तीन विद्यालयमा रहेका क्वारेन्टिन जिल्लाका अरु ठाउँका भन्दा फरक छन् । त्यहाँका क्वारेन्टिनको व्यवस्थापनमा युवाहरू स्वतःस्फूर्त लागेका छन् । हरेक क्वारेन्टिनमा प्रत्येक दिन बिहान योग प्रशिक्षण गराइन्छ ।

मनोविमर्शकर्ताबाट क्वारेन्टिनमै मर्नोपरामर्श दिइन्छ र प्रत्येक दिन बेलुकी शारीरिक व्यायाम गर्न प्रेरित गरिन्छ । वडामा सञ्चालित क्वारेन्टिन व्यवस्थापनमा लागेका युवाको नेतृत्व गरेका मिलन ओली ‘विपत्को बेला सबै एकजुट भएर अघि बढ्नुपर्ने हुँदा युवाहरू मिलेर व्यवस्थापन तथा खटनपटनमा लागेका हौँ’भन्छन् ।

क्वारेन्टिनमा बसेकाहरूका लागि मनोविमर्शकर्ताबाटै क्वारेन्टिन स्थलमै मनोपरामर्शको व्यवस्थापन गर्ने आफूहरु मात्र भएको जिकिर गौरिगंगा–९ का वडाध्यक्ष हरिप्रसाद तिवारीको छ ।

भारतबाट आउने क्रम बढ्नु तथा देशभित्रै अन्य स्थानबाट जिल्ला भित्रिने क्रम वृद्धिले क्वारेन्टिनमा बस्नेको सङ्ख्या एक्कासि बढेपछि मापदण्ड कायम गर्न नसक्दा सामूहिक बसाइले जोखिम बढेको व्यवस्थापनमा लागेकाहरु नै बताउँछन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ४ : ०१ बजे

कर्णाली प्रदेशका चार सय ४४ बालबालिका बालगृहमा

सुर्खेत – कर्णाली प्रदेशका चार सय ४४ जना बालबालिका बालगृहमा

राज्यको अगुवाइमा निजी क्षेत्रको विकास गर्नुपर्छः बाबुराम भट्टराई

काठमाडौं – नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम

काठमाडौं उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित अहिले देशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको

कोशी प्रदेश सभामा पहिलो पटक गैरसरकारी विधेयक दर्ता

विराटनगर । कोशी प्रदेश सभामा पहिलो पटक गैरसरकारी विधेयक दर्ता

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भक्तपुर – अरनिको राजमार्ग खण्ड अन्तर्गत यहाँको मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा