प्रधानमन्त्री ओली र सार्कका नवनियुक्त महासचिवबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र सार्कका नवनियुक्त महासचिवबीच भेटवार्ता


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नवनियुक्त महासचिव इसला रुवान विराकोनबीच भेटवार्ता भएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीले सार्कको १९ औं शिखर सम्मेलन छिटो गर्नु पर्नेमा जोड दिएका छन् ।

उनले सार्कको १९ औं शिखर सम्मेलन गर्न नेपालले अध्यक्षको हैसियतमा निरन्तर प्रयास र परामर्श गरिरहेको बताएका छन् ।

दुई/दुई वर्षमा हुनुपर्ने सार्क शिखर सम्मेलन नेपालले सन् २०१४ मा काठमाडौंमा आयोजना गरेयता हुन सकेको छैन  । सार्कको १९ औं शिखर सम्मेलन पाकिस्तानमा हुने भनिए पनि भारतले नमानेपछि अवरुद्ध भएको हो ।

भेटमा आफ्नो नियुक्तिका लागि नेपालले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै सार्क महासचिवले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सार्क सचिवालयले खेलिरहेको भूमिकाबारे सार्कका अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ६ : ४४ बजे

मौलिक संस्कृति जोगाउन मातृशक्तिको भूमिका महत्त्वपूर्ण : शंकर पोखरेल

तुलसीपुर- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मौलिक संस्कृति र सामाजिक

देश दुःखमा पर्दा हामीलाई पनि आँसु आउँछ: गौतम दाहाल

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सहभागी हुन अमेरिकाबाट

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई