कोरोना संक्रमितको व्यवस्थापनका लागि डा. लम्सालको संयोजकत्वमा समिति गठन | Khabarhub Khabarhub

कोरोना संक्रमितको व्यवस्थापनका लागि डा. लम्सालको संयोजकत्वमा समिति गठन


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको व्यवस्थापनका लागि अस्पताल-अस्पतालबीच समन्वय गराउन चिकित्सकीय समिति गठन गरेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित लाइभ अपडेट मार्फत वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर माधवप्रसाद लम्सालको संयोजकत्वमा चिकित्सकीय समितिको गठन गरिएको जानकारी दिएका हुन् ।

कोभिड १९ का बिरामी व्यवस्थापन गर्न र संक्रमितका व्यवस्था संक्रमितको व्यवस्थापनका लागि एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्यसंस्थामा समन्वयमा समस्या आएको भन्दै स्वास्थ्य मन्त्रालयले अस्पताल अस्पतालबीच समन्वय गराउनका लागि समिति गठन गरिएको उनले जाकारी दिए ।

अबदेखि कोरोना संक्रमितको व्यवस्थापनका लागि अस्पताल-अस्पतालबीच समन्वय हुन नसकेमा वा समस्या देखिएमा स्वास्थ्य मन्त्रालयको हटलाइन सेवा ११३३ वा ९८५१२५५८३९ मा सम्पर्क गर्न सकिने समेत उनले जानकारी दिए ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ७ : ३९ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

नेपाली महिला टोली आज भुटानसँग भिडदै

काठमाडौं– नेपाल महिला फुटबल टोलीले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको

शुक्लाफाँटामा विश्वकै दुर्लभ १९ प्रजातिका चरा

कञ्चनपुर– हरिया फाँट, घना सालका जङ्गल र सिमसार क्षेत्रले सजिएको

आईएनजीओको जागिर छाडेर गाउँमै कृषिकर्म

सुनसरी- कोशी किनार कृषि उपज उत्पादनका लागि उर्वर क्षेत्र मानिन्छ