३६ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित) « Khabarhub

३६ एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी उपरीक्षक(एसपी)को सरुवा गरेको छ।

सोमबार बेलुका प्रहरी प्रधान कार्यालयले असार महिनाको तलब भत्ता खाने गरी ३६ जना एसपीहरुको सरुवा गरेको हो ।

सरुवा सूची अनुसार मोरङ जिल्लामा सन्तोष खड्काको सरुवा भएको छ भने कास्की जिल्लामा जिबन श्रेष्ठलाई पठाइएको छ।

त्यस्तै कपिलबस्तुमा नवराज अधिकारी र बाँकेमा ओम रानाको सरुवा भएको छ। बाँकेमा सरुवा भएका राना बिबादास्पद एसपी हुन।

त्यस्तै पाल्पामा दिपक खरेल, सिरहामा उमाशंकर पन्जियार, तनहुँमा अरुण पौडेल, इलाममा नविनराज राई, भक्तपुरमा तारादेवी थापालगायतको सरुवा भएको छ।

सरुवा सूची अनुसार गोविन्द अधिकारी धनकुटा, जनकराज पाण्डेय डोटी, टीकाबहादुर केसी महोत्तरी, डम्बरबहादुर विक बुटवल ट्राफिक, दीपक रेग्मी पूर्वी नवलपरासी, भीमबहादुर दाहाल उदयपुर, राजेन्द्रप्रसाद भट्ट सुर्खेत, सुरेन्द्रबहादुर गुरुङ गोरखा र संजीव शर्मा दास इटहरी ट्राफिक सरुवा भएका छन् ।

सरुवा भएका एसपीहरुको सूची

 

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १० : ५५ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक