सानै उमेरमा किन चाउरिन्छ छाला ? यसरी गर्नुहोस् हेरचाह « Khabarhub

सानै उमेरमा किन चाउरिन्छ छाला ? यसरी गर्नुहोस् हेरचाह


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

– प्रायः कम महत्वमा पर्ने तर अति नै संवेदनशील अंग हो, छाला । मानव शरीरको सौन्दर्यसँग जोडिएकाले यसको हेरचाहमा वैज्ञानिक तरिका अपनाउनुपर्छ ।

– ९० प्रतिशतभन्दा बढी कोलाजेन प्रोटिनले बन्ने छाला शरीरको सबैभन्दा ठूलो ग्रन्थि हो, जसलाई बनोटका दृष्टिले डर्मिस र एपिडर्मिस गरी दुई भागमा वर्गीकरण गरिन्छ ।

– बुढ्यौलीपनसँगै छालामा पर्ने चाउरीपना स्वाभाविकै हो । तर, कम उमेरमा पनि यो समस्या देखिनुमा विभिन्न स्वास्थ्य समस्या जोडिएका हुन्छन् ।

– मूलतः शरीरमा पानी र पोषक तत्व (भिटामिन ए, सी र प्रोटिन)को कमी, मानसिक तनाव, अत्यधिक धूम्रपान, थाइरोइड हर्मोनको उतारचढाव यसमा जिम्मेवार छन्।

– त्यसैले जीवनशैलीमा परिवर्तन गर्नु नै समस्या निराकरणको उपाय हो ।

– स्वस्थ छालाका निम्ति मेवा, गाँजर, कागती, अमला, काँक्रो, खर्बुजाजस्ता भिटामिन ए र सी तथा मिनरल्सयुक्त वस्तुको सेवन उपयुक्त हुन्छ ।

– गेडागुडी, माछामासुजस्ता प्रोटिनयुक्त खानेकुरा पनि छालाका निम्ति अपरिहार्य छन् ।

– छाला सुक्खा हुने समस्या निराकरणका लागि मोस्चराइजरको अधिकतम प्रयोग आवश्यक हुन्छ । त्यसमा पनि आयल बेस मोस्चराइजरको प्रयोग उपयुक्त हुन्छ ।

– चिल्लो छालामा भने छिटो सुक्ने खालको मोस्चराइजर प्रयोग गर्नुपर्छ ।

– बजारमा पाइने स्टेरोइडमिश्रित क्रिमले छालामा गम्भीर समस्या निम्त्याइरहेका छन् ।

– यस्ता क्रिमले छालाको असली स्वरूप परिवर्तन गराइदिन्छन् । छाला पातलो हुने, चाउरी पर्ने र बिमिरा आउने समस्याको कारक यस्तै क्रिम हुन् ।

– आफ्नो छालासँग मिल्ने क्रिम छनोट गरौँ । नत्र, पछुताउनुको विकल्प रहँदैन ।

– चाउरीपनबाट छालालाई बचाउने प्राकृतिक उपाय प्रशस्तै छन् ।

– हरियो काँक्रोको टुक्रालाई कागतीपानीमा एक रात भिजाएर सातामा एकपटक आधा घन्टासम्म अनुहारमा राखेमा छाला चाउरी पर्नबाट बच्न सकिन्छ ।

– पाकेको (पहेँलो) काँक्रोलाई एक इन्चका टुक्राहरू बनाई कागती, चिउरीको घिउ र बेसनको हल्का पातलो झोलमा ६ घन्टा भिजाएर सातामा दुईपटक ४५–६० मिनेट चाउरिइसकेको छालामा राखी तीन–चार महिना उपचार गर्दा समस्या समाधान हुन सक्छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ८ : ०६ बजे

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन

भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि हुँदै

काठमाडौँ– भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली सेनाले

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल