प्रधानमन्त्री ओलीको स्वीस बैंकमा ५.५ मिलियन डलर रहेको समाचार कपोलकल्पित : निजी सचिवालय | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीको स्वीस बैंकमा ५.५ मिलियन डलर रहेको समाचार कपोलकल्पित : निजी सचिवालय


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकमा ५.५ मिलियन रहेको भनेर सार्बजनिक समाचार कपोलकल्पित भएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जारी गरेको प्रेस नोटमा समाचारका नाममा प्रधानमन्त्रीलाई बदनाम गराउन सुनियोजित षडयन्त्र भएको उल्लेख गरिएको छ ।

‘ग्लोबल वाच एनालाइसिस’को हवाला दिदैं केही नेपाली अनलाइनहरुले गैरजिम्मेवारपूर्ण र बदनियतका साथ गरिरहेको अन्यन्त भ्रामक, गलत र चरित्र हत्या गर्न लक्षित झुठो सम्प्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, थापाले लेखेका छन्।

उनले प्रधानमन्त्रीको नाममा स्वीस बैंकमा खाता रहेको र ५.५ मिलियन डलर रहेको भन्ने समाचारमा सत्यता नभएको बताएका छन्।

प्रधानमन्त्रीलाई बदनाम गराउन सुनियोजित षडयन्त्र गर्ने अनेकन तथ्वहरु सक्रिय भएको पनि उल्लेख गरेका छन्। ‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको शाहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधन जस्ता महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीज्यूले राष्ट्रको नेतृत्व सम्हालिनुरहनुभएको निकै संवेदनशील बेला बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन तत्वहरु सक्रिय रहेको प्रष्ट नै छ’, थापाले प्रेस नोटमा लेखेका छन्।

 

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ९ : ०३ बजे

श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता दिसानायके विजयी

काठमाडौं । श्रीलंकाको राष्ट्रपतिमा वामपन्थी नेता अनुरा कुमारा दिसानायके विजयी

चीन गएका रास्वपाका नेताहरू आकस्मिकरूपमा नेपाल फर्किँदै

काठमाडौं । चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

मैले केही बिराएको छैन, म डराउँदिन : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

चीनमा रहेका स्वर्णिमले भने : पार्टी सभापतिविरुद्ध षडयन्त्र हुनसक्छ, भोलि नै नेपाल फर्किन्छौं

काठमाडौं – चिनियाँ कम्युनिस्ट पार्टीको अन्तराष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा

छविलाल जोशीलाई पोखरा लगियो

काठमाडौं – सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ