साग स्वर्णधारी सञ्जुको प्रश्न – हामी खेलाडीको स्वाभिमान हुँदैन र ? « Khabarhub

साग स्वर्णधारी सञ्जुको प्रश्न – हामी खेलाडीको स्वाभिमान हुँदैन र ?


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सञ्जु चौधरीले खेलाडीको स्वाभिमान हुँदैन र  भन्दै प्रश्न गरेकी छन् ।

सोमबार मध्यरात सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सञ्जु्ले नेपालगञ्ज उपमहानगरपालिकाले सम्मानका लागि बोलाएर आफ्ना पितालाई रित्तै घर फर्काएको भन्दै आक्रोश पोखेकी छन् ।

‘हामी खेलाडीको स्वाभिमान हुँदैन र कुरा नबुझी सम्मान छ भन्दै बोलाउने । आफू नसके परिवारको मान्छेलाई पठाउ भन्ने, परिवारको मान्छे पुगेपछि कुरा मिलेन भनेर जाउ भन्ने ? आक्रोशको भावमा उनले लेखेकी छन्, ‘हामीलाई पैसा चाहिएको होइन, सम्मान चाहिएको हो ।’

सागमा भारत्तोलनकी उदीयमान खेलाडी सञ्जुले ५९ केजी तौल समूहमा स्वर्ण दिलाएकी थिइन् । तर, सरकारदेखि विभिन्न क्षेत्रबाट सम्मानित भइरहेका साग स्वर्णधारी खेलाडीलाई उनकै नगरपालिकाले भने अपमान गरेको उनको आरोप छ ।

खेलाडीमाथि गरिने यस्तो व्यवहारले खेलाडीको आत्मसम्मानमा आँच आउने उल्लेख गर्दै सञ्जुले भनेकी छन्, ‘यस्तै हुने हो भने आउने दिनमा अरू खेलाडीको परिवारले आफ्ना सन्तानलाई खेल्न दिन्छन् र ?’

खेलाडीले देशका लागि खेल्ने बताउँदै उनले लेखेकी छन्, ‘पैसा होइन स्वाभिमान चाहिएको हो । खेलाडीले देशका लागि खेल्ने हो । त्यसपछि आफ्ना लागि ।’

मंगलबार नेपालगञ्ज उपमहानगरपालिकाले सातौं नगरसभाको अवसरमा खेल क्षेत्रमा सफलता हात पारेका खेलाडीलाई सम्मान गरेको थियो।

उक्त सम्मान कार्यक्रममा भारत्तोलनका प्रकाश केसीलाई भने उपमहानगरले ५० हजार रूपैयाँसहित सम्मान गरेको थियो।

तर, सञ्जुका परिवारका सदस्य भने खालि हात घर फर्किएका थिए। उपमहानगरपालिका मेयर धवल शम्शेर राणाले भने यस विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

`हामीले हिजो खेलाडीलाई सम्मान गरेका थियौ । तर, यो विषयमा मलाई जानकारी भएन। म अफिस गएर बुझ्छु’, मेयर राणाले भने,´ सञ्जु जीलाई म चिन्छु । केही मिस अन्डरस्ट्यान्डीङ  भयो होला।´

सम्मानका लागि बोलाउँदा उपमहानगरले खेलाडीको एक्रिडेसन कार्डसमेत मागेको थियो । उक्त प्रकणले सम्मानका लागि पुगेका खेलाडीले पनि अपमानित भएको गुनासो गरेको सञ्जुले खबरहबलाई जानकारी दिइन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ९ : १२ बजे

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,