साग स्वर्णधारी सञ्जुको प्रश्न – हामी खेलाडीको स्वाभिमान हुँदैन र ? « Khabarhub

साग स्वर्णधारी सञ्जुको प्रश्न – हामी खेलाडीको स्वाभिमान हुँदैन र ?


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सञ्जु चौधरीले खेलाडीको स्वाभिमान हुँदैन र  भन्दै प्रश्न गरेकी छन् ।

सोमबार मध्यरात सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सञ्जु्ले नेपालगञ्ज उपमहानगरपालिकाले सम्मानका लागि बोलाएर आफ्ना पितालाई रित्तै घर फर्काएको भन्दै आक्रोश पोखेकी छन् ।

‘हामी खेलाडीको स्वाभिमान हुँदैन र कुरा नबुझी सम्मान छ भन्दै बोलाउने । आफू नसके परिवारको मान्छेलाई पठाउ भन्ने, परिवारको मान्छे पुगेपछि कुरा मिलेन भनेर जाउ भन्ने ? आक्रोशको भावमा उनले लेखेकी छन्, ‘हामीलाई पैसा चाहिएको होइन, सम्मान चाहिएको हो ।’

सागमा भारत्तोलनकी उदीयमान खेलाडी सञ्जुले ५९ केजी तौल समूहमा स्वर्ण दिलाएकी थिइन् । तर, सरकारदेखि विभिन्न क्षेत्रबाट सम्मानित भइरहेका साग स्वर्णधारी खेलाडीलाई उनकै नगरपालिकाले भने अपमान गरेको उनको आरोप छ ।

खेलाडीमाथि गरिने यस्तो व्यवहारले खेलाडीको आत्मसम्मानमा आँच आउने उल्लेख गर्दै सञ्जुले भनेकी छन्, ‘यस्तै हुने हो भने आउने दिनमा अरू खेलाडीको परिवारले आफ्ना सन्तानलाई खेल्न दिन्छन् र ?’

खेलाडीले देशका लागि खेल्ने बताउँदै उनले लेखेकी छन्, ‘पैसा होइन स्वाभिमान चाहिएको हो । खेलाडीले देशका लागि खेल्ने हो । त्यसपछि आफ्ना लागि ।’

मंगलबार नेपालगञ्ज उपमहानगरपालिकाले सातौं नगरसभाको अवसरमा खेल क्षेत्रमा सफलता हात पारेका खेलाडीलाई सम्मान गरेको थियो।

उक्त सम्मान कार्यक्रममा भारत्तोलनका प्रकाश केसीलाई भने उपमहानगरले ५० हजार रूपैयाँसहित सम्मान गरेको थियो।

तर, सञ्जुका परिवारका सदस्य भने खालि हात घर फर्किएका थिए। उपमहानगरपालिका मेयर धवल शम्शेर राणाले भने यस विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

`हामीले हिजो खेलाडीलाई सम्मान गरेका थियौ । तर, यो विषयमा मलाई जानकारी भएन। म अफिस गएर बुझ्छु’, मेयर राणाले भने,´ सञ्जु जीलाई म चिन्छु । केही मिस अन्डरस्ट्यान्डीङ  भयो होला।´

सम्मानका लागि बोलाउँदा उपमहानगरले खेलाडीको एक्रिडेसन कार्डसमेत मागेको थियो । उक्त प्रकणले सम्मानका लागि पुगेका खेलाडीले पनि अपमानित भएको गुनासो गरेको सञ्जुले खबरहबलाई जानकारी दिइन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ९ : १२ बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी