गल्ती गरेपछि माफी माग « Khabarhub

गल्ती गरेपछि माफी माग


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकपटक महात्मा गान्धी कतैको यात्रामा थिए । साथमा उनका कैयौँ अनुयायी पनि थिए ।

तीमध्ये एक अनुयायी आनन्द स्वामी पनि थिए । यात्राका क्रममा आनन्द स्वामीको कुनै विषयलाई लिएर एक सर्वसाधारणसित विवाद भयो । विवाद निकै बढेर गयो । दुवै आ–आफ्नो भनाइमा अडिग थिए । विवाद बढ्दै जाँदा आनन्द स्वामीले रिसको झोंकमा कसेर ती सर्वसाधारणको गालामा एक थप्पड हिर्काए ।

आनन्द स्वामीले सर्वसाधारणको गालामा थप्पड हानेको विषय गान्धीसमक्ष पनि पुग्यो । गान्धीलाई यो विषय निकै नराम्रो लाग्यो ।

उनले आनन्द स्वामीलाई बोलाएर सोधे– ‘आनन्द, तपाईंले एकजना सर्वसाधारणको गालामा थप्पड हान्नुभयो भन्ने मैले सुनेँ । के यो साँचो हो ?’ आनन्दले केही निहुरेर जवाफ दिए– ‘हजुरले ठिकै सुन्नुभयो बापू, त्यसले अनावश्यक विवाद गरिरहेको थियो ।’

आनन्द स्वामीको जवाफ सुनेर गान्धी दुःखी भए । उनले भने– ‘अहँ, यो पटक्कै राम्रो भएन । तपाईंले एकजना सर्वसाधारणलाई थप्पड हिर्काएर गलत गर्नुभयो ।
के त्यो मानिस सर्वसाधारण नभएर तपाईंको बराबरीको भएको भए पनि तपाईंले उसलाई थप्पड हान्नुहुने थियो ? त्यसैले जे भयो, भइगयो । अब गल्ती सच्याउने उपाय भनेको माफी माग्नु नै हो । अब तपाईं ती सर्वसाधारणसित तत्काल माफी माग्नुहोस् ।’

आनन्द स्वामीलाई पनि आफ्नो गल्ती महसुस भयो । उनले ती सर्वसाधारणसित माफी मागे ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १० : १५ बजे

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा