सुनको मूल्यमा नयाँ कीर्तिमान « Khabarhub

सुनको मूल्यमा नयाँ कीर्तिमान


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनको मूल्य फेरि बढेको छ । मूल्य बढेसँगै नेपालमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

आज ६ सय बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ पुगेपछि सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो ।  यसअघि छापावाल सुन सबैभन्दा बढी ९२ हजार ४ सय पुगेको थियो ।

आज तेजावी सुनको मूल्य पनि बढेको छ । मंगलबार ९१ हजार ७ सय ६० रूपैयाँमा कारोबार भएको तेजावी सुन आज तोलाको ९२ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले बढेको छ । मंगलबार चाँदी तोलामा ९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ११ : ४४ बजे

इरानप्रति अमेरिकी नीति पुनरावलोकन, आगामी कदम विचाराधीन

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको वर्तमान अवस्थासम्बन्धी विषयमा आफ्नो

दुर्घटनामा गम्भीर घाइते भएका एक जनाको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–१३ गौरीगाउँस्थित सडकमा भएको मोटरसाइकल दुर्घटनामा परी गम्भीर

इरानको अवस्थाप्रति संयुक्त राष्ट्रसङ्घको चासो, संयम र सूचना पहुँच सुनिश्चित गर्न आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानी अधिकारीहरूलाई अत्यधिक संयम

देउवाले बोलाए आफू निकट नेतालाई छलफलमा, ३ बजे जुट्ने

काठमाडौं– कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलमा बोलाएका

निर्वाचनमार्फत मुलुकको परिवर्तन गर्नसक्ने नेतृत्व चयन गर्न सञ्चारमन्त्रीको आह्वान

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनमार्फत मुलुकको परिवर्तन