यातायात क्षेत्रको समस्या समाधान गर्न आग्रह « Khabarhub

यातायात क्षेत्रको समस्या समाधान गर्न आग्रह


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यातायात व्यवसायी र मजदूरले सो क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गरिदिन आग्रह गरेका छन् ।

यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन् ।

व्यवसायी तथा मजदूरले बैंक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, मजदूरलाई स्वास्थ्य सामग्री तथा पिपिइको व्यवस्था मिलाउन माग गरेका छन् ।

यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष, नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष, अखिल नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष र नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनका अध्यक्ष सम्मिलित कार्यदल स्थापना गरिएको छ ।

भेटमा सभापति देउवाले यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि प्रतिपक्षमा रहेर रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको भेटमा सहभागी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

कार्यदलले यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि सबै राजनीतिक दलका शीर्ष नेतालाई भेट्ने कार्यक्रमसमेत रहेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १ : ०४ बजे

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको