यातायात क्षेत्रको समस्या समाधान गर्न आग्रह « Khabarhub

यातायात क्षेत्रको समस्या समाधान गर्न आग्रह


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यातायात व्यवसायी र मजदूरले सो क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गरिदिन आग्रह गरेका छन् ।

यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन् ।

व्यवसायी तथा मजदूरले बैंक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, मजदूरलाई स्वास्थ्य सामग्री तथा पिपिइको व्यवस्था मिलाउन माग गरेका छन् ।

यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष, नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष, अखिल नेपाल यातायात मजदूर सङ्घका अध्यक्ष र नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनका अध्यक्ष सम्मिलित कार्यदल स्थापना गरिएको छ ।

भेटमा सभापति देउवाले यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि प्रतिपक्षमा रहेर रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको भेटमा सहभागी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

कार्यदलले यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि सबै राजनीतिक दलका शीर्ष नेतालाई भेट्ने कार्यक्रमसमेत रहेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १ : ०४ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा