एन्फाको वेबसाइट चौथोपटक रि-लञ्च « Khabarhub

एन्फाको वेबसाइट चौथोपटक रि-लञ्च


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले समय सापेक्ष बनाउँदै वेबसाइट रि-लञ्च गरेको छ । बुधबार एन्फाले कार्यक्रम आयोजना गरी वेबसाइटको रि-लञ्च गरेको हो ।

एन्फाले आफ्ना गतिविधि अब साइटमा राख्ने प्रतिबद्वतासहित लन्च गरेको बताएको छ । सूचना आयोगका अध्यक्ष महेन्द्रमान गुरुङले ल्यापटपमा किबोर्ड थिच्दै साइट लन्च गरेका हुन् ।

अध्यक्ष गुरूङसँगै एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, मानार्थ अध्यक्ष टाँसी घले, एन्फा महासचिव इन्दमान तुलाधरसहित एन्फाका पदाधिकारीहरु उपस्थित थिए ।

एन्फाले यो सहित चारपटक साइटलाई नयाँ रुप दिइसकेको छ ।

नयाँ साइट बनाइएसँगै एन्फाले सूचना, विधानहरु, कार्यसमिति, जिल्ला सदस्यहरु देखि राष्ट्रिय टीमबारे पनि साइटमा राखिने एन्फाले बताएको छ ।

ए, बी, सी डिभिजन लिग र मोफसलका प्रतियोगिताहरुबारे पनि सूचना आफ्नो साइटमा फरक-फरक क्याटागोरीमा स्पष्ट बुझ्ने गरी राखिएको बताएको छ।

एन्फा साइट रि लन्च गरेकोमा फिफा र एएफसीका अध्यक्षले शुभकामना दिएका छन् । फिफा अध्यक्ष जियानी इन्फान्टिन्हो ले शुभकामना दिँदै आगामी दिनमा राम्रो हुनेमा विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १ : ५९ बजे

सिमकोटमा खानेपानीको अभाव

हुम्ला- जिल्ला सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि

रञ्जित रेको नजरमा जेन-जी सरकार र नेपालको आगामी यात्रा

स्थापना भएको चार वर्षमै राष्ट्रिय स्वतन्त्र पार्टीले विशाल बहुमत प्राप्त

छोरीसँगै किमद्वारा रकेट प्रहार अभ्यास अवलोकन

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नी किशोरी छोरीसँगै

एन्फा राष्ट्रिय लिगमा जावलाखेलको जित, काक्रेबिहार पराजित 

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले काक्रेबिहार