मेलम्चीको सुरुङमा बेपत्ता भएका २ जना अझै भेटिएनन् « Khabarhub

मेलम्चीको सुरुङमा बेपत्ता भएका २ जना अझै भेटिएनन्


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- मेलम्ची खानेपानी आयोजनाको सुरूङभित्रको ढोका (टनेल १७) फुट्दा पानीको भेलमा बेपत्ता भएका इञ्जिनियर सतिस गोइत र सवारी चालक राधाकृष्ण थापा मगर अझै भेटिएका छैनन्।

मंगलबार मध्यान्ह भएको घटनामा इञ्जिनियर शेखर खनाल र सबहेल्पर पेम्बा लामा घाइते भएका थिए। उनीहरूको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक उज्ज्वल महर्जनले दिएको जानकारीअनुसार बेपत्ताहरूको खोजी कार्य जारी छ।

‘२५ जना नेपाल प्रहरीसहित स्थानीय बासिन्दा र सिनो हाइड्रोका मानिसहरू पनि बेपत्ता भएकाहरूको खोजीमा हुनुहुन्छ,’ उनले भने, ‘हिजो राति १२ बजेसम्म खोजेका थियौं। आज बिहानैदेखि विभिन्न ठाउँका मेलम्ची नदी किनारमा खोजी जारी छ।’

इञ्जिनियरहरू चढेर गएको हाइलक्स गाडी पानीको वहाबले मेलम्ची खोलामा पुर्‍याएकोले इञ्जिनियर र चालक पनि खोलामै बेपत्ता भएको अनुमान प्रहरीको छ।

‘सुरूङभित्र गएर पनि खोजी सकियो,’ उनले भने, ‘सुरूङबाट बग्दै आएको देख्ने मानिसहरू पनि रहेछन्। त्यसैले मेलम्ची खोलामा खोजी जारी छ। दोलालघाटसम्म प्रहरी परिचालन गरेका छौं।’

उनले गोताखोर बोलाउने तयारी रहेको पनि जानकारी दिए।

‘मेलम्ची आयोजनाले हेलिकप्टरबाट गोताखोर ल्याउने तयारी पनि गरेको भन्ने सुनेको छु,’ उनले भने, ‘२५ जना प्रहरीले बेपत्ताहरूको खोजी गरिरहेका छन्।’

मेलम्ची आयोजना रहेको सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका वडा नम्बर १ को इन्टेकदेखि करिब एक किलोमिटर दूरीमा रहेको आम्बाथानमा गेट फुट्दा इञ्जिनियरसहित सवारी चालक बेपत्ता भएका हुन्।

१७ नम्बर टनेलमा पानीको प्रेसर नाप्न गएर फर्कने क्रममा रहेका इञ्जिनियरसहित चार जनालाई एक्कासि टनेलको ढोका फुट्दा आएको पानीको वहाबले बगाएको थियो।

बगेका दुई जनालाई हिजो उद्धार गरिएको थियो। दुई जना अझै बेपत्ता छन्। मेलम्चीको करिब २७ किलोमिटर सुरूङमा पानी परीक्षण गर्ने क्रममा उक्त दुर्घटना भएको हो।

असार २१ गते मुहानदेखि करिब आठ सय मिटरसम्म सुरूङ सफल परीक्षण भएको थियो। टनेल नम्बर-१७ बाट सुन्दरीजलतर्फ सुरूङमा पानी परीक्षण गर्ने कार्य भइरहेका बेला ढोका फुट्दा दुई जना बेपत्ता भएका हुन्।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  २ : १५ बजे

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा