राखेपको सदस्य सचिवमा अन्जु र निलमको उम्मेदवारी « Khabarhub

राखेपको सदस्य सचिवमा अन्जु र निलमको उम्मेदवारी


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको लागि दुई पूर्व महिला भलिबल खेलाडी अन्जु श्रेष्ठ र निलम बज्राचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।

बुधबारअन्जु र निलमले सदस्य सचिव सिफारिस समितिसमक्ष सदस्य सचिव पदका लागि दरखास्त दिएका हुन् ।

पूर्व राष्ट्रिय भलिबल खेलाडीद्वयले महिलाको सहभागिताका लागि सदस्य सचिवमा दरखास्त दिएको बताए ।

आठौं र दशौं सागमा पदक जितेकी विजेता अन्जु दशौं सागमा नेपालले पदक जित्दा टोलीको कप्तान समेत रहेकी थिइन् । उनले वि. सं. २०५३ सालमा धनगढीमा भएको राष्ट्रिय भलिबल प्रतियोगिता खेल्दै राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।

यस्तै उनले नेपालगन्ज र धनगढीमा भएको बृहत् राष्ट्रिय खेलकुदमा मध्यमाञ्चलबाट खेलेकी थिइन् । साथै उनले सन् २००४ र २००५ मा नेपालले बंगलादेशमा भएको भलिबल खेलमा नेपाललाई पदक दिलाएकी थिइन् ।

अहिले अञ्जु जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षकको जिम्मेवारीमा छन् । यस्तै उनले एफआईभीभी लेबल २ कोचिङ कोर्स पूरा गरेकी छन् भने व्यवस्थापन र शिक्षाशास्त्रमा स्नातक गरेकी छन् ।

‘नेपाली खेलकुदमा महिलाहरु नेतृत्वमा छैनन्, भर्खर बनेको ऐनले हामीलाई त्यो अवसर दिएको छ, यसका लागि नीति निर्माताहरुलाई धन्यवाद, ´ सदस्य सचिवमा उम्मेदवारी दिएकी अन्जुले भनिन्, ‘हाम्रो उम्मेदवारीले अरु महिलाका लागि हौसला बनोस् भनेर दिएका हौं, हामीसँग योग्यता छ, क्षमता छ अवसर पाए काम गर्न सक्छौ ।´

यस्तै, निलम नेपालले २०४४ पहिलो अन्तर्राष्ट्रिय खेल्दाको टीमको सदस्य हुन्। यस्तै, उनले दर्जनौं घरेलु भलिबल प्रतियोगितामा सहभागीता जनाए कि थिइन् ।

निलमले तेस्रो बृहत् राष्ट्रिय खेलकुदमा बाग्मतीबाट खेलेकी थिइन्। निलमले सल्लाहकारका रुपमा जावलाखेल प्रशिक्षण केन्द्रमा काम गरिरहेकी छिन् ।

उनले अर्थशास्त्रमा स्नातकोत्तर पूरा गरेकी छिन् ।

`ऐनअनुसार हाम्रो योग्यता पुगेको छ, यसै पनि खेलकुदमा महिलाहरु नेतृत्वका लागि तयार छैनन् भन्ने सामाजिक मनोविज्ञान चिर्न मैले उम्मेदवारी दिएकी हुँ,´ निलमले भनिन् ।

सदस्य सचिवको दरखास्तको अन्तिम समयसीमा बिहीबार दिउँसो ३ बजेसम्म रहेको राखेपले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ४ : ३३ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७