राखेपको सदस्य सचिवमा अन्जु र निलमको उम्मेदवारी | Khabarhub Khabarhub

राखेपको सदस्य सचिवमा अन्जु र निलमको उम्मेदवारी


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको लागि दुई पूर्व महिला भलिबल खेलाडी अन्जु श्रेष्ठ र निलम बज्राचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।

बुधबारअन्जु र निलमले सदस्य सचिव सिफारिस समितिसमक्ष सदस्य सचिव पदका लागि दरखास्त दिएका हुन् ।

पूर्व राष्ट्रिय भलिबल खेलाडीद्वयले महिलाको सहभागिताका लागि सदस्य सचिवमा दरखास्त दिएको बताए ।

आठौं र दशौं सागमा पदक जितेकी विजेता अन्जु दशौं सागमा नेपालले पदक जित्दा टोलीको कप्तान समेत रहेकी थिइन् । उनले वि. सं. २०५३ सालमा धनगढीमा भएको राष्ट्रिय भलिबल प्रतियोगिता खेल्दै राष्ट्रिय टोलीमा डेब्यु गरेकी थिइन् ।

यस्तै उनले नेपालगन्ज र धनगढीमा भएको बृहत् राष्ट्रिय खेलकुदमा मध्यमाञ्चलबाट खेलेकी थिइन् । साथै उनले सन् २००४ र २००५ मा नेपालले बंगलादेशमा भएको भलिबल खेलमा नेपाललाई पदक दिलाएकी थिइन् ।

अहिले अञ्जु जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षकको जिम्मेवारीमा छन् । यस्तै उनले एफआईभीभी लेबल २ कोचिङ कोर्स पूरा गरेकी छन् भने व्यवस्थापन र शिक्षाशास्त्रमा स्नातक गरेकी छन् ।

‘नेपाली खेलकुदमा महिलाहरु नेतृत्वमा छैनन्, भर्खर बनेको ऐनले हामीलाई त्यो अवसर दिएको छ, यसका लागि नीति निर्माताहरुलाई धन्यवाद, ´ सदस्य सचिवमा उम्मेदवारी दिएकी अन्जुले भनिन्, ‘हाम्रो उम्मेदवारीले अरु महिलाका लागि हौसला बनोस् भनेर दिएका हौं, हामीसँग योग्यता छ, क्षमता छ अवसर पाए काम गर्न सक्छौ ।´

यस्तै, निलम नेपालले २०४४ पहिलो अन्तर्राष्ट्रिय खेल्दाको टीमको सदस्य हुन्। यस्तै, उनले दर्जनौं घरेलु भलिबल प्रतियोगितामा सहभागीता जनाए कि थिइन् ।

निलमले तेस्रो बृहत् राष्ट्रिय खेलकुदमा बाग्मतीबाट खेलेकी थिइन्। निलमले सल्लाहकारका रुपमा जावलाखेल प्रशिक्षण केन्द्रमा काम गरिरहेकी छिन् ।

उनले अर्थशास्त्रमा स्नातकोत्तर पूरा गरेकी छिन् ।

`ऐनअनुसार हाम्रो योग्यता पुगेको छ, यसै पनि खेलकुदमा महिलाहरु नेतृत्वका लागि तयार छैनन् भन्ने सामाजिक मनोविज्ञान चिर्न मैले उम्मेदवारी दिएकी हुँ,´ निलमले भनिन् ।

सदस्य सचिवको दरखास्तको अन्तिम समयसीमा बिहीबार दिउँसो ३ बजेसम्म रहेको राखेपले जनाएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ४ : ३३ बजे

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती

सङ्खुवासभा – दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले