राखेपको सदस्यसचिव पदमा फेरि सिलवालको उम्मेदवारी « Khabarhub

राखेपको सदस्यसचिव पदमा फेरि सिलवालको उम्मेदवारी


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवका लागि निवर्तमान सदस्यसचिव रमेश कुमार सिलवालले उम्मेदवारी दिएका छन् ।

उनले बुधबार सदस्य सचिवका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

सिलवालसँगै सदस्यसचिवका लागि अन्य ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । ११ मध्ये सिलवालले १० औं नम्बरमा उम्मेदवारी दर्ता गराएको स्रोतले जानकारी दिएको छ ।

वि.सं. २०७६ असार २३ गते सिलवाल सदस्यसचिवमा ४ वर्षका लागि नियुक्त भएका थिए । खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि उनी पदमुक्त भएका थिए ।

यसअघि सिलवालले दरखास्त दर्ता गराएर सदस्यसचिवमा उम्मेदवारी दर्ता नगर्ने जिकिर गर्दै आएका थिए । बुधबार उनले दर्ता गरेसँगै सिलवाल नै सदस्यसचिव बन्ने सम्भावना बलियो बनेको छ । यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको पहुँच नेकपाको सिफारिसमा सदस्यसचिवमा नियुक्त भएका थिए ।

१३ औं दक्षिण एसियाली खेलकुद आयोजनाको जिम्मेवारीसहित राखेप प्रवेश गरेका सिलवालले साग सफलता पूर्वक सम्पन्न गराएका थिए ।

ऐनले आफूमाथि अन्याय गरेको र मन्त्री सरकार पनि उनको विषयमा लचिलो बनेपछि उम्मेदवारी दर्ता गराएको स्रोतको दाबी छ।


यो पनि पढ्नुहोस्:

राखेपको सदस्य सचिवमा अन्जु र निलमको उम्मेदवारी


प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ५ : ३० बजे

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित