पुनर्निर्माण अभियानमा मेयर–उपमेयर सँगसँगै « Khabarhub

पुनर्निर्माण अभियानमा मेयर–उपमेयर सँगसँगै


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ऐतिहासिक पोखरी, मन्दिर, ढुंगेधारा, बहाःबही लगायतका सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धनलाई प्राथमिकतामा राखेको छ ।

कला, संस्कृति र सम्पदाको संरक्षण र संवर्द्धनमा काठमाडौँ महानगरपालिका जनप्रतिनिधिबीच एकमत देखिन थालेका छन् ।

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ९० वढी शीर्षकमा सम्पदा निर्माण–पुनर्निर्माणलगायतका लागि बजेट विनियोजन गरेको छ ।

यसले पनि महानगरपालिकाले सम्पदा निर्माण–पुनर्निर्माणलाई प्राथमिकतामा राखेको संकेत गर्छ । आर्थिक वर्ष २०७७/०७८ का लागि महानरपालिकाले अघि सारेका कला, संस्कृति र सम्पदाको संरक्षण र संवर्द्धन शीर्षकका योजना २० लाखदेखि २ करोडसम्मका छन् ।

२०७२ सालको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त काठमाडौँ महानगरपालिकाको वडा–२२ मा अवस्थित नासःद्यः (नाट्यश्वर) को द्यःछेँ (भगवानको घर) पुनर्निर्माणका लागि पनि काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

नासःद्यः (नाट्यश्वर) को द्यःछेँ पुनर्निर्माणका लागि केही दिन अघि गरिएको क्षमापुजा कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) दुबै जना उपस्थित थिए ।

बेलाबखत काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि बीचको विवादका कारण सम्पदा पुर्ननिर्माणलगायतका कामले गति लिन नसकेको भन्ने आरोप लाग्ने गर्छ ।

तर, क्षमापूजामा सहभागी काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की (श्रेष्ठ)ले काठमाडौँ महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि कला, संस्कृति र सम्पदाको संरक्षण र संवर्द्धनमा निकै महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै प्रमुख विद्यासुन्दर शाक्यको पनि खुलेर प्रशंसा गरिन् ।

‘काठमाडौँ महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि यहाँका कला, संस्कृति र सम्पदा संरक्षणका लागि निकै ठूलो भूमिका खेल्दै आएका छौँ,’ प्रमुख विद्यासुन्दर शाक्यप्रति संकेत गर्दै उनले भनिन्, ‘काठमाडौँ महानगरपालिकाका प्रमुख, म आफैँ, वडाध्यक्ष र प्रत्येक वडाका जनप्रतिनिधि पनि सम्पदा संरक्षणको अभियानमा अहोरात्र खटिरहेका छौँ ।’

उपप्रमुख खड्कीले थुप्रै सम्पदा पुनर्निर्माणका काम सूचारु रहेको पनि जानकारी दिइन् । एक करोड २५ लाखमा पुर्ननिर्माण हुँदै वटुको नाट्यश्वर मन्दिर  द्यःछेँ पूर्णरुपमा क्षति भएपछि वटु नाट्यश्वर गुठीले कामचलाउ रुपमा पुर्ननिर्माण गरी पूजा–आजा गर्दै आएको थियो ।

क्षतिग्रस्त अवस्थाको मन्दिरलाई पुनर्निर्माण गर्न त्यहाँ रहेका सामान सार्नुपर्ने र द्यःछेँ समेत भत्काउनुपर्ने भएकाले त्यसका लागि क्षमापूजा गर्नु पर्ने परम्परा अनुसार उक्त पूजा गरी पुनर्निर्माणको काम अघि बढाएको वटु गुठीका अध्यक्ष शान्तराज महर्जनले जानकारी दिए ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ५ : ३९ बजे

गुल्मीका वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए

गुल्मी– वन्यजन्तुबाट पशुधनमा क्षति व्यहोरेर लामो समयदेखि राहतको पर्खाइमा रहेका

एआई र सूचना प्रविधिको क्रान्तिलाई सकारात्मक रूपमा सदुपयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विश्वभर तीव्र रूपमा

तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २

पर्यटन प्रवर्द्धनका लागि पोखरामा आधुनिक ‘पोखरा घर’  

पोखरा- पर्यटनको राजधानी पोखरामा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले आधुनिक

कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

बोगोटा- कोलम्बियामा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या