मेलम्ची आयोजनाको टनेल फुट्दा बेपत्ता भएका २ को खोजी जारी « Khabarhub

मेलम्ची आयोजनाको टनेल फुट्दा बेपत्ता भएका २ को खोजी जारी


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- लगातारको वर्षासँगै आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको सुरूङभित्रको ढोका (टनेल १७) फुट्दा भेलमा बेपत्ता भएका दुई जनाको खोजी जारी रहेको छ ।

खानेपानी आयोजनाको टनेल फुट्दा  घाइते भएका कन्सल्ट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनालको ग्वार्काेस्थित बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

बेपत्ता भएका सवारी चालक राधाकृष्ण थापामगर र इञ्जिनीयर सतिश गोहितको खोजी भइरहेको छ ।

आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय थापामगर र अन्दाजी २५ वर्षीय इञ्जिनीयर गोहित बेपत्ता भएका थिए । उनीहरु अझै फेला नपरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

घाइतेलाई हेलिकप्टरमार्फत मङ्गलबार नै काठमाडौं ल्याइएको तामाङले जानकारी दिए ।

बेपत्ताको हेलम्बु प्रहरी र त्यहाँको सेनाले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

उनीहरुले मेलम्ची खोलाको दुवै साइडबाट खोजी गरिरहेको छ । मेलम्चीको बाढीले बा१झ ८७६४ नम्बरको हाइलक्स गाडीसमेत बगाएको थियो ।

पानीले एकै पटक गेट भत्काएपछि गाडी अडिट टनेलबाट उच्छिट्टिएर मेलम्ची नदीमा पुगेको थियो । मङ्गलबार नै गाडीलाई नदीबाट निकालिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।

उनका अनुसार बेपत्ता व्यक्तिको खोलामा खोजी भइरहे पनि अहिलेसम्म पत्ता लाग्न सकेको छैन । खानेपानी मुहानभन्दा तल्लो भेगका स्थानीयवासीलाई नआतिएर सर्तक हुन आयोजनाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ६ : ४१ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले