शाही र कार्की एआईजीमा बढुवा सिफारिस « Khabarhub

शाही र कार्की एआईजीमा बढुवा सिफारिस


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको छ।

गृह मन्त्रालयमा बुधबार बसेको बढुवा समितिको बैठकले डीआईजीद्वय नीरजबहादुर शाही र प्रद्युम्नकुमार कार्कीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो।

समिति संयोजक गृहसचिव महेश्वर न्यौपाने, सदस्यसचिव प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र लोकसेवा आयोगका सदस्यसहितको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

तत्कालीन प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र एआईजी तारणी लम्सालले अनिवार्य अवकाश पाएका थिए। त्यसपछि रिक्त महानिरीक्षक पदमा क्षेत्रीको बढुवा भएपछि दुई एआईजी दरबन्दी खाली थियो।

बढुवा सिफारिसमा परेका शाही र कार्की दुवै महानिरीक्षक क्षेत्रीकै ब्याचका हुन्।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) को प्रावधानअनुसार उनीहरुलाई बढुवाका लागि सिफारिस गरिएको हो ।

शाही प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालय र कार्की प्रहरी प्रधान कार्यालयकै विशेष व्यूरोमा कार्यरत छन् ।

बढुवा सिफारिस सूची

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ९ : ५६ बजे

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले

प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लैजान संयोजक दाहालको आह्वान

बनेपा (काभ्रे)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित

मुस्ताङ– राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक अवरुद्ध भएसँगै मुस्ताङमा पेट्रोलियम पदार्थ