सिन्धुलीका पाँच स्थानीय तहले गरे लकडाउन « Khabarhub

सिन्धुलीका पाँच स्थानीय तहले गरे लकडाउन


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- सिन्धुलीका पाँच स्थानीय तहले आफ्नो पालिकामा लकडाउन घोषणा गरेका छन् । जिल्लामा कोभिड–१९ सङ्क्रमित बढ्दै गएपछि स्थानीय तहले लकडाउन घोषणा गरेका हुन् ।

हाल कमलामाई नगरपालिका, तीनपाटन गाउँपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी लकडाउनको घोषणा गरेका छन् । सिन्धुलीमा कोरोना सङ्क्रमण बढेको र समुदायमा सङ्क्रमण देखिएकाले जिल्लाका पाँच स्थानीय तहले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द रहेको जनाएका छन् ।

पालिकावासीलाई सूचनामार्फत पालिकाले गरेको आग्रहलाई वेवास्था नगर्न अपिल गरेका छन् । जिल्लाको कमलामाई नगरपालिकाले मङ्गलबार रातिदेखि नै लकडाउन गरेको हो भने अन्य स्थानीय तहमध्ये सुनकोशी, गोलञ्जोरले बिहीबारदेखि लकडाउन गरेका हुन् । शुक्रबारदेखि तीनपाटन गाउँपालिकाले पनि आफ्नो गाउँपालिकामा लकडाउनको घोषणा गरेको जनाएको छ ।

मरिण गाउँपालिकाले पनि लकडाउनको घोषणा गरेको छ । सबै स्थानीय तहले आफ्ना नागरिकलाई सुरक्षित भई घरमै बस्न आग्रह समेत गरेका छन । अत्याबसेक काम बाहेक हिँडडुल नगर्न, अत्यावश्यक सेवा बाहेकका अन्य पसल व्यवसाय सञ्चालन नगर्न, यदि हिँडडुल गर्नै पर्ने भएमा र सेवा सञ्चालन गर्नुपर्ने भएमा सुरक्षा उपयका सुरक्षा सामग्रीको प्रयोग गर्दै सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् ।

हिजो एकै पटक १३ जनामा कोरोना भाइरसका सङ्क्रमित थपिएपछि जिल्लामा त्रास बढेको छ । सिन्धुली सदरमुकाममा रहेको कमलामाई नगरपालिकाले सबैभन्दा पहिला लकडाउनको घोषणा गरेको छ । जिल्ला सदरमुकाममा लकडाउन गरिएपछि औषधि पसल, तरकारी, खाद्यान्न, दूध बिक्री गर्ने पसल तथा अत्यावश्यक सेवाका बाहेक अन्य सबै पसल बन्द गर्न कमलामाईले निर्देशन दिएको छ ।

पसल व्यवसाय भने बन्द भएको छ । बजारमा भने मानिसको आवतजावत भने बढ्दो अवस्थामा रहेको छ । व्यापार व्यवसाय बन्द गरिए पनि लकडाउन प्रभावकारी कार्यान्वयन नहुँदा जोखिम झन बढ्दो अवस्थामा रहेको छ । केही व्यवसायीले लुकीछिपी व्यवसाय सञ्चालन गरेको भन्दै त्यसलाई रोक्न माग गरेका छन् ।

साथै चोक र सडकमा मानिस समूहमा जम्मा भई गफ गरेर समय बिताउनेको पनि जमात रहेको छ । स्थानीय तहले घोषणा गरेको लकडाउनको प्रभावकारिता कस्तो छ भनेर सडकमा बुझ्न आउने पनि धेरै रहेका छन् । यता सिन्धुली अस्पतालले अबको १४ दिन होम क्वारेन्टिनमा बस्न जिल्लावासीलाई आग्रह गगरेको छ ।
अस्पतालमा आइसोलेशनको श्ययाको कमी भएकाले कोरोना सङ्क्रमितलाई घरमा नै र क्वारेन्टिनमा नै राख्नुपर्ने अवस्था रहेको भन्दै लकडाउनको पूर्ण पालना गरी घरमा नै बस्न अस्पताल सञ्चालन तथा विकास समितिका अध्यक्ष प्रलाद पोख्रेलले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  १० : २७ बजे

क्यानडाविरुद्ध अफगानिस्तानको फराकिलो जित, मोहम्मद नाबीले लिए चार विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

जुम्ला जिप दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरीको हेलिकोप्टरबाट उद्धार

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीमा आज जिप दुर्घटनामा परी

हाम्रो सरकार नढालेको भए जेनजी आन्दोलन नै हुने थिएन : नारायणकाजी

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना सकियो

चितवन – चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणना

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका