५ दशकसम्म अविवाहित अभिनेत्री | Khabarhub Khabarhub

५ दशकसम्म अविवाहित अभिनेत्री


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड स्टार आफ्नो जीवनलाई आफ्नै इच्छा अनुसार बाच्न चाहन्छन् । आम मानिसको भन्दा फरक जीवनशैली बिताउने यी कलाकारलाई उमेर ढल्के पनि विवाह गर्ने सोच पलाउँदैन ।

आजकल अक्सर महिलाले ३० बर्षको आसपासमा विवाह गर्दछन् । बलिउडका यस्ता केहि अभिनेत्री छन् जसको ४०/५० बर्षको उमेरसम्म विवाह भएको छैन । आज हामी बढि उमेरसम्म पनि विवाह नगर्ने बलिउड अभिनेत्रीका बारेमा चर्चा गर्नेछौ ।

नगमा

१. नगमा
सन् १९९० बाट फिल्म बागी मार्फत बलिउडमा प्रवेश गरेकि चर्चित अभिनेत्री नगमा अहिले राजनीतिमा सक्रिय छिन् । उमेरले ४५ काटेकि यी अभिनेत्री अझै अविवाहित छन् ।

तब्बू

२. तब्बू
बलिउडमा राम्रो अभिनेत्रीका रुपमा छवि बनाएकि अभिनेत्री तबूले फिल्म विजयपथबाट बलिउडमा प्रवेश गरिन । उमेरले ४९ लागेकि तबु अझै अविवाहित छिन् । उनले दुई पटक भारतीय राष्ट्रिय पुरस्कार र ६ पटक फिल्मफेयर जितेकि छन् ।

रोहमन शॉल और सुष्मिता सेन

३. सुष्मिता सेन
पूर्वमिस यूनिभर्स सुष्मिता सेनले समेत अझैसम्म विवाह गरेकि छैनन् । हुनत हाल उनी रोहमन शलसँग डेटमा छिन् । जसले चाडैँ विवाह हुनसक्ने अनुमान गर्न सकिन्छ । तर ४४ वर्षीय सुष्मिता अविवाहित नै हुन् । उनी एडोप्टद्धारा लिइएका दुई छोरीकी आमा हुन् ।

अमीषा पटेल

४. अमिषा पटेल
सुपरहिट फिल्म कहो ना प्यार है, गदर लगायतका फिल्मबाट बलिउडमा तहल्का मच्चाउन सफल अभिनेत्री अमीषा पटेल समेत अझैसम्म अविवाहित छन् । ४४ वर्षीय अमीषा अझै पनि बोल्ड अवतारमा फिल्ममा देखा पर्दै आएकि छन् ।

तनीषा मुखर्जी

५. तनीषा मुखर्जी
बलिउडकी चर्चित अभिनेत्री काजलकी बहिनी तनिषा मुखर्जी ४२ बर्षसम्म पनि अविवाहित नै हुन् । उनले बलिउडमा सफलता पाउन सकिनन् । एकताका उनको नाम उदय चोपडा र अरमान कोहलीका साथ जोडिएको थियो । तर उनको विवाह भने भएन ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ११ : ३७ बजे

ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)

काठमाडौं– राजधानीका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फुलेर रोमाञ्चक देखिएका छन्

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका

संसद् प्रेसमैत्री कानुन निर्माण गर्न प्रतिबद्ध छ : सभामुख घिमिरे

काठमाडौं– सभामुख देवराज घिमिरले नेपाली संसद् प्रेसमैत्री कानुन निर्माण गर्न,

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री