२०२० मा छैनन् ठूला प्रतियोगिता ! « Khabarhub

२०२० मा छैनन् ठूला प्रतियोगिता !


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा फुटबल, क्रिकेट र भलिबल समुहमा खेलिने खेलहरुमध्ये सबैभन्दा बढी चलायमान हुनेमा पर्दछन् । यी तीनवटै खेलका लागि सम्बद्ध संघहरुले आफ्नो–आफ्नो बार्षिक कार्यतालिक बनाएर काम गर्न गर्छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी व्यस्त रहन्छन् । तर, गएको वर्ष फागुन तेस्रो साता सरकारले भिडभाड हुने क्षेत्रमा प्रतिवन्ध लगायो । जतिबेला नेपालमा दोस्रो व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

पछि चैत ११ गतेदेखि त देश नै लकडाउनमा गयो । सबै क्षेत्र ठप्प । खेलकुद पनि । धेरै समय मैदानमा रहने खेलाडीहरु घरको चौखटमा सीमित भए । त्यो शृङ्खला अहिलेसम्म पनि जारी छ ।

केही खेलका अभ्यासहरु लकडाउन खुकुलो भएसँग सुरु पनि भएका थिए । तर, अअहिले ती पनि बन्द भइसकेका छन् ।

यस्तै, पछिल्लो समय सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय खेलको अभ्यास सुरु गर्न सकिने भन्दै निर्णय गर्यो । फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तर्गतको संयुक्त छनोटको बाँकी खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले अभ्यासको तयारी समेत गर्यो।

साउन १७ गतेदेखि सबै फुटबलरलाई काठमाडौं झिकाएर एन्फाले केही खेलाडीलाई क्वारेन्टाइनमा होटलमा समेत राख्यो । गएको सोमबार र मंगलबार गरी खेलाडी अफिसियलसहित ५४ जनाको कोरोना परिक्षण गर्यो । जसमध्ये पहिलो दिन परिक्षण गरिएका २५ जनाको कोरोना रिर्पोट नेगेटिभ आइसकेको छ ।

बुधबार बिहान फिफा र एएफसीको एक निर्णयले एन्फाको सबै मेहनत पानीमा फेरिदियो । फिफा र एएफसीले एसियाली क्षेत्रमा कोरोनाको जोखिम कायमै रहेको भन्दै विश्वकप छनोटका खेलहरु २०२१ सम्मका लागि स्थगित भएको घोषणा गर्यो । २०२१ सम्म स्थगित भएपछि अब नेपालले खेल्ने अन्तर्राष्ट्रिय खेलको तालिका नै यो वर्षका लागि रित्तीएको छ ।

फुटबलमात्रै हो होइन, क्रिकेट र भलिबलको पनि कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगता नहुने लगभग पक्का छ । नेपालले अप्रिल २०२० मा खेल्ने तय भएको आईसीसी विश्वकप क्रिकेट लिग २ शृ्खला पनि सरिसकेका छन् । अप्रिलबाट सेप्टेम्बरका लागि लिग २ का शृङ्खला गर्ने प्रस्ताव गरेको थियो । तर, कोरोना भाइरसको जोखिम कम नभएपछि ती प्रतियोगिता पनि सरिसकेका छन् । अब कहिले हुने भनेर भन्न नै कठिन छ । ‘अहिले अब २०२० मा नेपालको कुनै प्रतियोगिता छैन । त्यसैले यत्तिकै क्याम्पमा बोलाएर पनि के गर्नु,’ क्यानका सचिव असोकनाथ प्याकुरेलले भने ।

यस्तै, राष्ट्रिय खेल भलिबलका पनि यो वर्ष कुनै प्रतियोगिता नभएको अध्यक्ष मनोरञ्जनरमण शर्माले बताए । ‘हाम्रा कुनै प्रतियोगिता छैनन् । यतिबेला प्रतियोगिता गर्ने माहौल नै छैन,’ अध्यक्ष शर्माले भने ।

कोरोनाको जोखिम कम भएपछि सुरु हुने तयारीमा रहेको नेपाली खेलकुद पुन बन्द हुने भएको छ । स्क्वासका प्रशिक्षक हिरा थापालाई कोरोना देखिएपछि खेलकुद क्षेत्रमा कोरोना भित्रिएको भन्दै सजग हुन थालेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ११ : ४८ बजे

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको

शहीद उमेशकी आमा भन्छिन् : छोराको निधनपछि मन आत्तिएको छ, सरकारले जनाताको भलो गरोस्

काठमाडौं– जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश महतको

काठमाडौं महानगरले गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै 

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र

राहुघाट जलविद्युत् आयोजनामा ९० प्रतिशत भौतिक प्रगति

म्याग्दी– नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

मुग्लिन–पोखरा सडक विस्तार : निर्माण तीव्र गतिमा (तस्बिरहरू)

चितवन– मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम