गण्डकी प्रदेशका थप ८ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

गण्डकी प्रदेशका थप ८ जनामा कोरोना संक्रमण पुष्टि


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले एक विज्ञप्ती मार्फत थप ८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नम्बर १ का २ जना, वडा नम्बर १४ का २ जना, वडा नम्बर १० का एकजना, वडा नम्बर २७ का २ जना र वडा नम्बर १७ का एकजना संक्रमित भएका हुन् । उनीहरु सबै पुरुष हुन् ।

यसअघि आजै बिहान पनि गण्डकी प्रदेशमा १० जना संक्रमति थपिएका थिए । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार योसँगै गण्डकीमा संक्रमितको संख्या १ हजार ७ सय नाघेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  १२ : ३७ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको