आज भारतको ७४औँ स्वतन्त्रता दिवस, मोदीले गरे सेनाको प्रशंसा « Khabarhub

आज भारतको ७४औँ स्वतन्त्रता दिवस, मोदीले गरे सेनाको प्रशंसा


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  आज अगस्ट १५ अर्थात ब्रिटिश साम्राज्यबाट भारत स्वतन्त्र भएको दिन ।

ब्रिटिश उपनिवेशबाट मुक्त भएको दिनको सम्झनामा भारतमा हरेक वर्ष अगस्ट १५ मा विशेष कार्यक्रम गर्दै आइए पनि यस वर्ष भने कोरोना महामारीका कारण भौतिक दूरी कायम गरेर कार्यक्रम राखिएको थियो ।

भारतको लालकिल्लामा पुगेर भारतीय स्वतन्त्रता दिवसको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले सेनाको प्रशंसा गरेका छन् ।

मोदीले आफूहरुका लागि भारतको सम्प्रभूताको सम्मान सर्वोच्च रहेको र त्यसका लागि सुरक्षाकर्मीले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

सेनाले खेलेको भूमिका स्मरण गर्दै उनले भने, ‘देशका लागि हाम्रा वीर जवानहरुले के गर्न सक्छन् भन्ने कुरा विश्वले लद्दाखमा देखिसक्यो ।’

लद्दाखमा भारत र चीनबीच पछिल्लो समय सीमालाई लिएर विवाद भइरहेको छ । उनले भनेका छन्, ‘हाम्रा छिमेकी भौगोलिक सीमा मिल्नेहरु मात्रै होइनन्, जोसँग मन मिल्छ उनीहरु पनि छिमेकी हुन्।’

सम्बोधनअघि उनी लालकिल्लास्थित इन्डिया गेटमा पुग्दा भारतका रक्षामन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए । उनलाई लालकिल्लामा आयोजित एक समारोहमा भारतीय उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।

त्यसक्रममा भारतीय प्रधानमन्त्री मोदीले भारतको झण्डाको झण्डोत्तोलन गरेका थिए । उनलाई त्यस क्रममा भारतीय सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो । उनलाई सेनाले सम्मानस्वरुप गार्ड अफ अनर दिएपछि डायसमा पुगेर बसेका थिए । त्यस क्रममा भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रस्तुत गरिने सम्मान स्वरुपका विविध कार्यक्रमहरु हेरेका थिए ।

भारत सन् १९४७ को अगष्ट १५ मा बृटिश साम्राज्यबाट मुक्त भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार सन् १९४७ मा आजकै दिन भारत छोडेर भागेपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो ।

 

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  १ : २१ बजे

वितरकसँगको ५० लाख विवादमा बोले भुवन, भन्छन् – चुक्ता गर्छु 

काठमाडौं – वितरकसँगको आर्थिक कारोबारको विवादबारे नायक भुवन केसीले मुख

रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने

काठमाडौं- आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गर्छौँ : संयोजक दाहाल

त्रिवेणी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अनुभवी कलाकार भुवन केसी र जितु नेपालसँग फिल्म गर्दै रियान

काठमाडौं – निर्देशक घनश्याम लामिछानेले फिल्म ‘तिमी मेरो म तिम्रो’

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौं- सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनारका