स्वतन्त्रता दिवसमा प्रधानमन्त्री मोदीको सम्बोधन- भारतको सम्प्रभुतामाथि आँखा लगाउँनेलाई उस्तै जवाफ दिने « Khabarhub

स्वतन्त्रता दिवसमा प्रधानमन्त्री मोदीको सम्बोधन- भारतको सम्प्रभुतामाथि आँखा लगाउँनेलाई उस्तै जवाफ दिने


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । भारतको ७४ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशलाई आत्मनिर्भर बनाउने उद्घोष गरेका छन् ।

दिवसको अवसरमा आफ्नो मन्तव्य राख्दै मोदीले देशलाई आत्मनिर्भर बनाउन कोरोना भाइरसलाई अवसरको रुपमा लिनुपर्ने कुरामा जोड समेत दिएका छन् ।

कोभिडपछि मुलुकलाई आत्मनिर्भर बनाउनको लागि विश्वका सबै देशहरुसँगको सम्बन्ध सुधार गर्नुपर्नेमा जोड समेत दिएका छन् । उनले भनेका छन्, ‘हाम्रो छिमेकी देशसँग चाहे उ जमिनसँग जोडिएको होस् या समुन्द्रसँग हामीले आफ्नो सम्बन्धलाई अझै विश्वासका साथ जोडिरहेका छौं ।’

भारतको प्रयास रहनेछ कि आफ्नो छिमेकी देशसँग आफ्नो पुरानो साँस्कृतिक, आर्थिक र सामाजिकको आधारमा सम्बन्ध गहिरो होस् भन्दै प्रधानमन्त्री मोदीले दक्षिण एसियाको देशहरुमा जति शान्ति हुन्छ, जति सौहाद्रता हुन्छ, ती सबै मानवताका लागि काम आउने धारणा राखेका थिए ।

त्यस्तै आफ्ना छिमेकीहरु सँगको पुरानो साँस्कृतिक, आर्थिक र सामाजिकको आधारमा सम्बन्ध गहिरो होस् भन्दै प्रधानमन्त्री मोदीले दक्षिण एसियाको देशहरुमा जति शान्ति हुन्छ, जति सौहाद्रता हुने विश्वास समेत व्यक्त गरेका छन् ।

भारतले आफ्नो सम्प्रभुताका लागि देश र त्यहाँका सेनाले के गर्न सक्छ त्यो लद्दाखमा देखाई दिएको पनि उनले धारणा राखेका थिए ।

उनले भने, ‘भारत आफ्नो १३० करोड जनताको समर्थनमा ‘मेक फर वल्र्ड’ को दिशामा प्रगती गर्ने तागत राख्छ ।’ भारतको सम्प्रभुतामाथि जसले आँखा लगाउँछ उसलाई त्यसैगरि जवाफ दिने पनि उनले चेतावनी दिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ४ : १६ बजे

प्रदीप पौडेल यसरी गर्दैछन् घरदैलो (तस्बिरहरू)

काठमाडौं– यही फागुन २१ गते हुने निर्वाचनको लागि आजदेखि घरदैलो कार्यक्रम

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौं– नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई

पाटन ढोकामा जगदीश खरेलको मतदाता भेटघाट अभियान (तस्बिरहरू)

काठमाडौं– यही फागुन २१ गते हुने निर्वाचनको लागि आजदेखि घरदैलो

चुनाव नजिकिँदै गर्दा जेन-जी आन्दोलनका क्रममा भागेका सात कैदी पक्राउ

काठमाडौं – गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा काठमाडौं

सुरक्षित निर्वाचनका लागि सक्रियता बढाउँदै सेना, थाल्यो मोटरसाइकलमा गस्ती

सिन्धुली- आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष रूपमा सम्पन्न गराउ