आज ४६८ संक्रमित थपिए, ८ हजार १९३ संक्रमित आइसोलेसनमा | Khabarhub Khabarhub

आज ४६८ संक्रमित थपिए, ८ हजार १९३ संक्रमित आइसोलेसनमा


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज नेपालभर थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा देशभर थप ४६८ जनालाई कोरोना भाइरस रोग(कोभिड –१९) पुष्टि भएको जानकारी दिएको हो ।

११ हजार ४७ पीसीआर परीक्षण गरिएकोमा ४६८ लाई कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । गौतमका अनुसार काठमाडौं उपत्यकामा १०० जना संक्रमित थपिएका छन् ।

काठमाडौंमा ८०, ललितपुरमा ११ र भक्तपुरमा ९ जनामा नयाँ संक्रमण देखिएको प्रवक्ता गौतमले बताए । आज थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।

डा गौतमका अनुसार भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका ८ जना, भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका ११ जना र बर्दियाका १२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै वीध ल्याब ललितपुरमा काठमाडौंका १० जना र ललितपुरका एकजना, वीर अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, धनुषाका एकजना, काठमाडौंका ३ जना र काभ्रेका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वी एण्ड वी अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एकजना, छामेछापका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनुषाका एकजना, मोरङका २ जना सप्तरीका २ जना, सिराहाका ४ जना, र सुनसरीका १६ जना र तेह्रथुमका एकजना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बझाङका एकजना र डडेल्धुराका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा चितवनका एकजना, दोलखाका ५ जना, काभ्रेका ७ जना र रामेछापका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा मोरङका २५ जना, सिराहाका एकजना र उदयपुरका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पतलामा गरिएको परीक्षणमा कपिलवस्तुका एकजना र नवलपरासी पूर्वका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै नारायणी अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, पर्साका २१ जना, नेपाल कोरियामैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका ८ जना काठमाडौंका ४ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २४ जनामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २४, खोटाङका ६ जना ,पर्साका ३ जना, रसुवाका एकजना र सर्लाहीका ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ८ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका एकजना, सुर्खेतका ४ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रोदेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका ३८ जना र सुनसरीका ३ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका एकजना, कपिलवस्तुका ३१ र रुपन्देहीका २ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २५ जना, महोत्तरीका ९ जना, सर्लाहीका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा बाग्लुङका २, गोरखाका एकजना, कास्कीका ३ जना, नवलपरासी पूर्वका एकजना र स्याङ्जाका एकजना र तनहुँका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका १० जना, वीरेन्द्र अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका २ जना, काठमाडौंका ३ जना र रामेछापका एकजना, सुविया हेल्थ केयर प्रयोगशाला लाजिम्पाटमा काठमाडौंका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै स्टार अस्पतालमा दाङका एकजना, काठमाडौंका १० जना, ललितपुरका ७ जना, सिन्धुलीका एकजना, किटजन्य रोग अनुसन्धान तथा तालिमकेन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका एकजना, मकवानपुरका २१ जना, रौतहटका ४, सर्लाहीका ११ जना र उदयपुरका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्वास्थ्य कार्यालय दैलेखमा गरिएको परीक्षणमा दैलेखका २ जना र सुर्खेतका एकजनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै अहिलेसम्म कोरोनाका कारण १०२ जनाले ज्यान गुमाएका छन् ।

आज विभिन्न अस्पतालबाट १२४ जना संक्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा १ हजार १०८, प्रदेश नम्बर २ मा ३ हजार ५४५, बागमती प्रदेशमा ६४१ र गण्डकी प्रदेशमा १ हजार ५२५ जना संक्रमित डिस्चार्ज भएका छन ।
यस्तै प्रदेश नम्बर ५ मा ४ हजार २८६, कर्णाली प्रदेशमा १ हजार ९३३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार १६३ जना गरी आजसम्म कोरोनामुक्त हुनेको संख्या १७ हजार २ सय १ पुगेको छ ।

अहिलेसम्म ८ हजार १९३ जना संक्रमित आइसोलेसनमा छन् । प्रदेश नम्बर १ मा ८५४, प्रदेश नम्बर २ मा ३ हजार ८२७, बागमती प्रदेशमा २ हजार २ र गण्डकी प्रदेशमा २६२ जना संक्रमित आइसोलेसनमा छन् । यस्तै प्रदेश नम्बर ५ मा ७३६, कर्णाली प्रदेशमा २२५ र सुदूरपश्चिम प्रदेशमा ८१० जना आइसोलेसनमा छन् । आज ५२३ जना संक्रमित होम आइसोलेसनमा रहेको प्रवक्ता गौतमले बताए । उनका अनुसार अहिले ९८ जनाको आइसियुमा र ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

आज १४ हजार ४४८ जना क्वारेन्टिनमा छन् । प्रदेश नम्बर १ मा २ हजार ७१३, प्रदेश नम्बर २ मा १ हजार ७ सय, बागमती प्रदेशमा १ हजार ६४ र गण्डकी प्रदेशमा २ हजार ९८३ जना छन् । यस्तै प्रदेश नम्बर ५ मा २ हजार ७३, कर्णाली प्रदेशमा ७६० र सुदूरपश्चिम प्रदेशमा ३ हजार १५५ जना क्वारेन्टिनमा छन् ।

मन्त्रालयले संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुलाई ५ दिनपछि मात्रै कोरोना परीक्षण गर्न आग्रह गरेको छ । संक्रमण पोजेटिभ भएको व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुले तत्कालै परीक्षणका लागि स्वाव दिने गरेको पाइएको भन्दै प्रवक्ता गौतमले तत्कालै परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि कोरोना पोजेटिभ हुने सम्भावना बढी रहने बताएका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ४ : ३६ बजे

एसबीआईले किन्यो मालदिभ्सको ऋणपत्र

काठमाडौँ– भारतले मालदिभ्सलाई ५ करोड अमेरिकी डलर बराबरको सहयोग गरेको

जीबीसहित १७ जनाविरुद्ध ३७ करोड बिगो मागदाबी गर्दै चितवनमा मुद्दा दर्ता

काठमाडौं- आधा दर्जनबढी सहकारीको बचत ठगी अभियोग लागेपछि फरार गीतेन्द्रबाबु

भारतको पञ्जाबमा लागूऔषधको प्रकोप बढ्दै

काठमाडौँ– भारतको पञ्जाब प्रान्तमा लागूऔषधको प्रकोप बढ्दै गएको पाइएको छ

निगमले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने

काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विराटनगर, पोखरा र

समुद्री आँधीबाट प्रभावित मुलुकलाई भारतको सहयोग

काठमाडौँ– भारतले समुद्री आँधीबाट प्रभावित म्यान्मारलाई सहयोग गर्ने भएको छ