जोखिममा रहेका वस्ती स्थानान्तरण गर्न उपराष्ट्रपतिद्वारा ध्यानाकर्षण « Khabarhub

जोखिममा रहेका वस्ती स्थानान्तरण गर्न उपराष्ट्रपतिद्वारा ध्यानाकर्षण


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले सिन्धुपाल्चोकको लिदीलगायत मुलुकका विभिन्न भागमा बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपका कारण भएको मानवीय तथा भौतिक क्षतिले स्तब्ध बनाएको बताएका छन् ।

आज एक वक्तव्य जारी गर्दै उनले विश्वव्यापी महामारी कोरोना भाइरसको सामना गरिरहेको कठिन परिस्थितिमा सिन्धुपाल्चोक, कालिकोट, जाजरकोट, तनहुँ, गोरखा, दार्चुला, काठमाडौँ, दोलखा, ललितपुर, भोजपुर, मकवानपुर, खोटाङ, ओखलढुङ्गा, काभ्रे, धादिङलगायत जिल्लामा बाढीपहिरोबाट राष्ट्र नै शोकमा पर्ने गरी भएको ठूलो मानवीय तथा भौतिक क्षतिका घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

उपराष्ट्रपतिले बाढीपहिरो, डुबान तथा अन्य प्राकृतिक प्रकोपका कारण ज्यान गुमाएका दिदीबहिनी तथा दाजुभाइमा श्रद्धाञ्जलि तथा मृतकका परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा शुक्रबार पहिरोले बस्ती बगाउँदा बेपत्ता भएका नागरिकको खोजीमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले चालिरहेका कदमको स्रहाना गर्दै उपराष्ट्रपतिले खोजी कार्यलाई अझै प्रभावकारी बनाउन आग्रह गरे । उनले पहिरोबाट विस्थापितका लागि पर्याप्त राहत र घाइतेको उचित उपचारका लागि सरकारले प्रभावकारी काम गर्ने अपेक्षा लिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।

भौगर्भिक अवस्थिति तथा पटक–पटक गइरहने भूकम्पका कारण देशभरका दर्जनौँ मानव वस्ती पहिरोको जोखिममा रहेको औँल्याउँदै उपराष्ट्रपतिले देशभरका जोखिममा रहेका मानव वस्ती यथाशक्य चाँडो सुरक्षित स्थानमा स्थानान्तरण गर्न सबै तहका सरकारको गम्भीर ध्यानाकर्षण गराए छ ।

वर्षाको समय अझै बाँकी रहेको र मौसमविद्ले बाढीपहिरो तथा डुबानको सम्भावना औँल्याइरहेकाले सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्वतयारी गर्न उपराष्ट्रपतिले सबै पक्षलाई आग्रह गए ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ५ : ०४ बजे

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि