टिपरको ठक्करबाट बालकको मुत्यु « Khabarhub

टिपरको ठक्करबाट बालकको मुत्यु


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- गोरूसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत अर्घाखाँचीको शीतगङ्गा–२ राजुबास झोलुङ्गे पुल नजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिँदा आज एक बालकको मृत्यु भएको छ ।

कपिलवस्तुको गोरूसिङ्गेबाट अर्घाखाँचीको नरपानी आउँदै गरेको ना८ख ६६९८ नंको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको लु३२प २३९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सन्धीखर्क–७ का तीन वर्षीय अभिषेक थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए ।

टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा साना दुई बच्चासहित चार जना सवार रहेको थियो । सवार अन्य तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

बेपत्ता बालकको शव फेला

झिमरुक– प्युठानका माडीखोलामा खस्दा बेपत्ता भएका दुई बालकमध्ये एकको शव फेला परेको छ । गत साउन २४ गते साइकलसँगै माडीखोलामा खसेर बेपत्ता भएका स्वर्गद्वारी नगरपालिका–७ सोत्रे निवासी १० वर्षीय विपीन गौतमको शव आज बिहान फेला परेको हो ।

शव प्युठान नगरपालिका–१ को झिम्टीबगरस्थित माडीखोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए । सोही ठाउँका ११ वर्षीय बालक सञ्जोक पार्धे भने अझै फेला परेका छैनन् । आज भेटिएका गौतमको शवलाई परिवारको जिम्मा लगाउने प्रहरी निरीक्षक पौडेलले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ७ : ५५ बजे

प्रचण्डले भने- माधवजी र मैले मिलेर संविधान जोगायौँ, केपीले संसद् पुनः स्थापनको कुरा गर्न सुहाउँदैन

धनगढी – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनगढीमा

सेवा प्रवाह गर्न कोशी प्रदेश सरकारबाट सहयोग

विराटनगर– कोशी प्रदेश सरकारले सुनसरीको दुहबी नगरपालिकालाई १८ लाख रुपैयाँ

स्वास्थ्यमन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसँग नेपालका लागि भारतका

गुन्डू भन्छ : सात पदाधिकारी ओलीतिर खुले, नेताहरू भन्छन् : त्यस्तो कुरा भएको छैन

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी

विराटनगर दुवै ओपरन सस्तैमा आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको