एनआरएनए कतारले अहिलेसम्म ६५ सय नेपालीलाई खाद्यान्न बाढ्यो : अध्यक्ष मुसलमान « Khabarhub

एनआरएनए कतारले अहिलेसम्म ६५ सय नेपालीलाई खाद्यान्न बाढ्यो : अध्यक्ष मुसलमान


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा : गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले कोरोना संक्रमण सुरु भएदेखि अहिलेसम्म कोरोना प्रभावित नेपाली कामदारका लागि राहत वितरण गरिरहेको जनाएको छ ।

विभिन्न संस्थाहरुसँग हातेमालो गर्दै कतारको विभिन्न ठाउँमा रहेका नेपालीहरुलाई खाद्यान्न वितरण गरिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष मोहम्म्द मुक्तदा मुसलमानले जानकारी दिए ।

कतारस्थित नेपाली दूताबासको संयोजनमा कतार च्यारिटीद्वारा प्राप्त खाद्यान्न तथा अन्य संस्थाहरुले गरेको सहयोग कतारमा रोजगारी गुमाएका नेपाली कामदारलाई अझै खाद्यान्न वितरण कार्य जारी रहेको अध्यक्ष मुसलमानले बताए ।

अहिलेसम्म विभिन्न चरणमा गरि ६ हजार ५ सय ९० कोरोना पीडित नेपाली कामदारलाई खाद्यान्न स्वरूप राहत वितरण गरिसकिएको उनले बताए । कोरोनाका कारणले कतारमा रहेका नेपालीलाई खाना सम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको टेलिफोन नम्बरमा सम्पर्क गर्न समेत उनले आग्रह गरे ।

कोरोना महामारीका कारण समस्यामा परेका नेपाली श्रमिकहरुलाई कतारको सरकारी संस्था कतार च्यारिटीले पहिलो चरणमा डेढ करोड रुपैयाँ बराबरको खाद्यान्न सामग्री उपलब्ध गराएको थियो । यस्तै ईदको अवसर पारेर दोस्रो चरणमा ९५ लाख बराबरको खाद्यान्न सामग्री पनि उपलब्ध गराइसकेको छ ।

यता, कतारबाट स्वदेश फर्किने नेपालीको सङ्ख्या दिनप्रति दिन बढीरहेको छ भने अहिलेसम्म ३० औ उडानमार्फत ५ हजार ४६५ जना मात्र स्वदेश फर्किएका छन् ।

दूतावासले पछिल्लो पटक सार्वजनिक गरेको सूचीमा अझै घर फर्किने नेपालीको सङ्ख्य ९ हजार ३ सय ८५ जना रहेको जनाएको छ । थप उडान कहिले हुने बारे दूतावासले केहि खुलाएको छैन ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ८ : २२ बजे

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर