खेलबाट सन्यास लिने क्रिकेटर धोनीको घोषणा « Khabarhub

खेलबाट सन्यास लिने क्रिकेटर धोनीको घोषणा


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन्यासको घोषणा गरेका छन्।

पूर्वकप्तान धोनीले शनिबार बेलुका सामाजिक सञ्जाल इन्टाग्राममा स्टाटस लेख्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताएका छन्।

भारतका लागि विश्वकप, टी ट्वान्टी विश्वकप र च्याम्पियन्स ट्रफि जस्तो विश्वका तीन ठूला उपाधि जिताउन मद्दत गरेका धोनीले सन्यास घोषणा गरेका छन्।

उनले लेखेका छन्, `धन्यवाद, माया र समर्थनका लागि सबैलाई धन्यवाद । मैले १९:२४ बजेदेखि सन्यासको लिएको छु।´

पछिल्लोपटक उनले इङ्ग्ल्यान्डमा भएको आईसीसी विश्वकप खेलेका थिए। सन् २०१९ पछि उनी टोलीमा परेका छैनन् ।
कुनै समय टोलीलाई विश्वकप उपाधि दिलाएका पूर्वकप्तानको प्रदर्शनलाई लिएर विवाद हुँदै आएको थियो ।

३९ वर्षीय धोनीले सन् २०१९ को विश्वकपपछि भारतबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् ।

भारतका लेजेण्ड क्रिकेटर धोनीले सबै फर्म्याटमा भारतका लागि ३३२ खेल खेलेका छन् । जसमा १ सय ७८ खेल जितेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ८ : ३७ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल