खेलबाट सन्यास लिने क्रिकेटर धोनीको घोषणा « Khabarhub

खेलबाट सन्यास लिने क्रिकेटर धोनीको घोषणा


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन्यासको घोषणा गरेका छन्।

पूर्वकप्तान धोनीले शनिबार बेलुका सामाजिक सञ्जाल इन्टाग्राममा स्टाटस लेख्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताएका छन्।

भारतका लागि विश्वकप, टी ट्वान्टी विश्वकप र च्याम्पियन्स ट्रफि जस्तो विश्वका तीन ठूला उपाधि जिताउन मद्दत गरेका धोनीले सन्यास घोषणा गरेका छन्।

उनले लेखेका छन्, `धन्यवाद, माया र समर्थनका लागि सबैलाई धन्यवाद । मैले १९:२४ बजेदेखि सन्यासको लिएको छु।´

पछिल्लोपटक उनले इङ्ग्ल्यान्डमा भएको आईसीसी विश्वकप खेलेका थिए। सन् २०१९ पछि उनी टोलीमा परेका छैनन् ।
कुनै समय टोलीलाई विश्वकप उपाधि दिलाएका पूर्वकप्तानको प्रदर्शनलाई लिएर विवाद हुँदै आएको थियो ।

३९ वर्षीय धोनीले सन् २०१९ को विश्वकपपछि भारतबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिएनन् ।

भारतका लेजेण्ड क्रिकेटर धोनीले सबै फर्म्याटमा भारतका लागि ३३२ खेल खेलेका छन् । जसमा १ सय ७८ खेल जितेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ८ : ३७ बजे

बागलुङमा धान उत्पादन बढ्यो

बागलुङ– यस वर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

यस्तो रहने छ आजको मौसम

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव अधिकारको पूर्ण कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सार्कको ४०औँ वार्षिकोत्सव मनाइयो 

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को बडापत्रमा हस्ताक्षर गरेको

च्याम्पियन्स लिग : एटलान्टासँग चेल्सी पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित