मध्यपुर नगर भदौ ९ सम्म लकडाउन, अस्पताल सिल « Khabarhub

मध्यपुर नगर भदौ ९ सम्म लकडाउन, अस्पताल सिल


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि  लकडाउन गरिएको छ  ।

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यसहितको शनिबार साँझ बसेको आकस्मिक बैठकले मध्यपुर थिमि नगर क्षेत्र आगामी भदौ ९ गतेसम्मका लागि बन्दाबन्दी गर्ने निर्णय गरेको हो ।

नगरपालिका क्षेत्रभित्र हालसम्म ४१ जनामा कोरोना भाइरस सङ्क्रमण भएपछि नगरपालिकाले लकडाउनको निर्णय गरेको छ । बैठकपछि नगर प्रमुख मदनसुन्दर श्रेष्ठले समुदायस्तरमै कोरोना फैलिएको अवस्था देखेर भदौ ९ गतेसम्म नगरपालिका क्षेत्र लकडाउन गर्ने निर्णय गरिएको जानकारी दिए ।

नगरपालिकाले अत्यावश्यक खाद्य पदार्थ, पानी, ग्यास र औषधि पसल बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा मात्रै खोल्न पाइने तथा अन्य व्यवसाय सञ्चालन गर्न नपाइने निर्णय गरेको छ ।

लकडाउन अवधिभर नगरपालिका क्षेत्रमा पर्ने अरनिको राजमार्गको पूर्वतर्फ हनुमन्ते नदी तथा राधेराधेदेखि पश्चिमतर्फ जडिबुटी मनोहरा पुलसम्म कुनै सवारी साधनले मान्छे चढाउन र ओराल्न नपाउने निर्णय भएको छ ।

नगरपालिकाले सङ्घीय सरकारलाई अरनिको राजमार्गमा यातायातका साधन सञ्चालनमा रोक लगाउन पनि माग गरेको छ । तत्कालका लागि अरनिको राजमार्गमा कुनै सवारी साधन रोक्न, यात्रु चढाउन र ओराल्न नपाइने गरी लकडाउनको निर्णय गरिएको नगर प्रमुख श्रेष्ठले बताए ।

नगरपालिका क्षेत्रभित्र कुनै पनि सडकमा अत्यावश्यक सवारी साधनबाहेकका सवारी साधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ । त्यसैगरी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल आज सिल गरिएको छ । अस्पतालमा कार्यरत तीन नर्स र एक सहयोगी गरी चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।  अस्पतालमा कोरोना सङ्क्रमित भेटिएपछि आकस्मिक कक्षबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको हो ।

सङ्क्रमित नर्स तथा कर्मचारीलाई अस्पतालकै आइसोलेसनमा राखेर उपचार गरिएको र कर्मचारीलाई क्वारेन्टाइनमा राखिएको उहाँले जानकारी दिनुभयो । आजसम्म भक्तपुरमा १२४ कोरोना सङ्क्रमित भइसकेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ९ : २९ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड