हुम्लाको ताजाँकोटमा लगातारको वर्षाले ३०० घरधुरी विस्थापित « Khabarhub

हुम्लाको ताजाँकोटमा लगातारको वर्षाले ३०० घरधुरी विस्थापित


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्लाको तल्लो क्षेत्रमा रहेको ताजाँकोट गाउँपालिकामा ३०० घरधुरी विस्थापित भएका छन् ।

लगातार परेको पानीले ताजाँकोट गाउँपालिकाको वडा नं ३ र ४ मा बढी क्षति पुगेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष लालकेस जैशीका अनुसार अविरल वर्षाका कारण ३०० घरधुरी विस्थापित भएका छन् भने ३० घरमा बढी क्षति पुगेको छ ।

वडा नं ३ र ४ मा रहेका सार्वजनिक संस्था, विद्यालय भवन, वडा कार्यालयसमेत भत्काएको अध्यक्ष जैशीले जानकारी दिए ।

एक महिनादेखिको वर्षाले चन्द्रप्रकाश मावि भदालदीपु, जनप्रकाश निमावि काडागाउँ, रामदेव निमावि रामागाउँमा रहेका तीन विद्यालय भवनमा क्षति गरेको अध्यक्ष जैशीले बताए ।

यस्तै उतिसेनी, छप्प्रेला बजार, भदालदीपु, गल्लावाडा, खर्ररा देउलागैरा, चौतारीवाडा, भियालवाडा, काउलालामगडा गाउँमा बढी क्षति पुगेको छ ।

अविरल वर्षाका कारण विस्थापित भएका घरपरिवारलाई राहतको व्यवस्था गर्न नेपाल सरकारका सबै तहसँग त्यहाँका स्थानीयवासीले माग गरेका छन् । स्थानीयस्तर र जिल्ला तहबाट सबै प्रक्रिया पूरा भएको अध्यक्ष जैशीको भनाइ छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ९ : ४७ बजे

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा

शनिबार ककरोचले नयाँ दिल्लीमा विशाल प्रदर्शन गर्दै, सुरक्षा चुस्त

नयाँ दिल्ली- मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै निर्वाचन आयोगका