विज्ञप्तिका भरमा पार्टी चल्दैन : पूर्वमन्त्री बाँस्कोटा « Khabarhub

विज्ञप्तिका भरमा पार्टी चल्दैन : पूर्वमन्त्री बाँस्कोटा


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले विज्ञप्तिका भरमा पार्टी नचल्ने बताएका छन् ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ बल्थलीमा अगुवा कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै बाँस्कोटाले पार्टीका नेता/कार्यकर्ताको भावनासहितको क्रियाशील पार्टी मात्र जीवन्त रहने बताए ।

‘पार्टी विज्ञप्ति जारी गरेर होइन, जनताको बीचमा गएर पार्टीका गतिविधि देखाउनुपर्छ, अनि मात्रै पार्टीले गतिशीलता पाउँछ’, उनले भने ।

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका नेता बाँस्कोटाले आफ्नै पार्टीभित्र निषेधको राजनीति नगरी खुल्लमखुला राजनीति गर्न चेतावनीसमेत दिए ।

बाँस्कोटाले ठूलो पार्टीमा कहिलेकाहीँ समस्या देखिने स्वीकार्दै वर्तमान समस्या केही दिनमै हल हुनेमा आफू विश्वस्त रहेको बताए । उनले भने, ‘नेकपा पार्टीलाई कसैले दुर्घटनातर्फ लैजान सक्दैन, दुर्घटनामा जान कार्यकर्ताले कुनै पनि हालतमा अनुमति दिँदैनन् ।’

नेकपाको वर्तमान सरकारमा युगिन अभिभारा भएको दाबी गर्दै उनले कसैलाई पनि विचलित नहुन आग्रह गरे।

नेता बाँस्कोटाले यसअघिका सरकारले लिपुलेक र लिम्पियाधुराका विषयमा कुनै पनि विषय नउठाएको उल्लेख गर्दै नेकपाको सरकारले वास्तविक नक्सा जारी गरी भूमि फिर्ता ल्याउन भारत सरकारसँग वार्ता गर्ने विश्वास व्यक्त गरे ।

‘भारतसँग वार्ता शुरु भएको छ, हामी ढुक्क छौँ, राजनीतिक तवरले भूमि फिर्ता हुनेतर्फ सबै विश्वस्त बन्नुपर्छ’, उनले भने । अबको विकासले जनताको जीवनमा सकारात्मक प्रभाव हुनुपर्ने उनले बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  १० : ०४ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ १८ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १८ गते बिहीबार सन् २०२६

कृष्णभीर अवरुद्ध भएपछि हेटौँडा–काठमाडाैं मार्गमा सवारी चाप

हेटौँडा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि वैकल्पिक

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको