यस्ता छन् प्याज काँचै खानुका ५ फाइदा | Khabarhub Khabarhub

यस्ता छन् प्याज काँचै खानुका ५ फाइदा


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भान्सामा दैनिक रुपमा प्याज प्रयोग हुन्छ। कतिपयले तरकारी–अचारमा प्याज हाल्छन् त कतिले सलादको रुपमा काँचै खान मन पराउँछन्।

खासमा प्याज काँचै खानु बढी फाइदाजनक हुन्छ। काँचो प्याजले कैयौं मौसमी बिरामीबाट बचाउन सहयोग पुग्छ। साथै तपाईंको सुन्दरतामा पनि काँचो प्याजले निखारता ल्याउँछ।

यस्ता छन् काँचो प्याजका खास ५ फाइदा

१) प्याजमा पाइने फस्फोरस, म्याग्नेसियम, पोटासियम र भिटामिन सी ले हाम्रो शरीरलाई निरोगी बनाउन मद्दत पुग्छ। दिउँसोको खानाको साथमा सलादको रुपमा काँचो प्याज खाँदा पाचन शक्तिमा सहयोग पुग्छ।

श्वासप्रश्वास सम्बन्धी रोगबाट बच्न पनि प्याज लाभदायी छ। प्याजले शरीरमा रक्तसञ्चार प्रवाह नियमित बनाइराख्न र शरीरमा ऊर्जा दिने काम गर्छ।

२) काँचो प्याजले एन्टिब्याक्टेरियाको पनि काम गर्छ। यसले हाम्रो शरीरमा ब्याक्टेरिया र भाइरसलाई बढ्न दिँदैन। साथै रुघा लाग्नबाट पनि हामीलाई बचाउँछ।

३) लूबाट बच्न पनि प्याज अचूक औषधि हो। गर्मीमा लामो यात्रामा निस्किनु छ भने सलादको रुपमा खानासँग काँचो प्याज अवश्य खानुस्। यसले शरीरमा पानीको कमी हुनबाट पनि बचाउँछ।

४) दिउँसोको खानाको साथमा काँचो प्याज नियमित खाने गर्नाले रगतमा सुगरको मात्रा बढ्न दिँदैन। यसले शरीरमा क्यान्सरजस्तोे घातक रोगका लागि सेलको विकास हुनबाट रोक्छ।

५) काँचो प्याज अनुहारका लागि पनि उपयोगी हुन्छ। काँचो प्याज लगाउने हो भने केही समयमै अनुहारको दाग हटेर जान्छ। साथै काँचो प्याजको सेवनले शरीरमा ब्लड सर्कुलेसन बढाउँछ र शरीरमा भएको ड्यामेज सेल रिपेयर गर्न मद्दत पुग्छ।

– नवभारत टाइम्सबाट

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ४ : २२ बजे

झापा महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लबलाई

झापा– शिवसताक्षीस्थित दूधे रङशालामा आज सम्पन्न एलभीडी झापा महिला गोल्डकपको

नेपाल प्रहरीका ३३ औँ आईजीपी कार्कीको कार्यकाल २९ महिना लामो

काठमाडौं– अनेक अनुमान र आशंकाबीच एआईजीपी दानबहादुर कार्की नेपाल प्रहरीका

प्रधानमन्त्रीद्वारा स्थानीय जनप्रतिनिधिसँग छलफल

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले आज स्थानीय सरकारका जनप्रतिनिधिहरूसँग छलफल गरेकी

अन्तरिम सरकारलाई ओलीले दिए म्यादीको संज्ञा, चुनाव गराउनै नसक्ने जिकिर

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारका मन्त्रीहरूलाई