अन्तरिम सरकारलाई ओलीले दिए म्यादीको संज्ञा, चुनाव गराउनै नसक्ने जिकिर « Khabarhub

अन्तरिम सरकारलाई ओलीले दिए म्यादीको संज्ञा, चुनाव गराउनै नसक्ने जिकिर


२४ कार्तिक २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारका मन्त्रीहरूलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् ।

सोमबार पार्टीद्वारा काठमाडौंमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउ ।

उद्दले वर्तमान सरकारलाई तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने कार्यभार दिए पनि विवादस्पद काम गरिरहेको भन्दै आक्रोश पोखे ।

अध्यक्ष ओलीले एमाले पार्टी आफैँमा ठूलो स्पेश भएको बताए। उनले सानो दिल र चित्त भएको भनेर टिप्पणी गर्न आवश्यक नरहेको स्पष्ट पारे ।

‘एमाले सानो चित्त भएको, सानो दिल भएको हल्ला चलाइरहेको छ। देशका जनताले सबैभन्दा बढी भोट भएको, सबैभन्दा धेरै कार्यकर्ता भएको पार्टीलाई साँघुरो चित्त भएको भनिरहेका छन्,’ओलीले भने, ‘यहाँ कोही पनि खाँदाखाँद गरेर बस्नुपर्ने छैन। फराकिलो ढंगले मज्जाले बस्न पाइने स्पेस छ, एमालेमा।’

उनले सुशीला कार्की नेतृत्वको सरकारलाई म्यादीको संज्ञा दिए । ‘म्यादी सरकारको जागिर चार महिना छैन । यसो गर्दिन्छु भनेको छ उसो गर्दिन्छु भनेको छ चुनाव गरेर देखाओस् न’, उनले भने, ‘तर यो सरकार चुनाव गराउन बनेको होइन । यो सरकारले गरेका असंवैधानिक कदम हामी सच्याउँछौँ।’

उनले गत भदौ २७ गते विघटित प्रतिनिधिसभा पुनर्स्थापित गरेर राष्ट्रलाई ट्रयाकमा फर्काउने बताए । ‘चुनाव गराउँछु भन्ने सरकार राजनीतिक पार्टीका नेताको अनुहार हेर्न मन छैन । भेट्न पनि मन छैन भन्छ’, उनले भने, ‘अर्काथरी पार्टीलाई उठ्नै नदिने बताउँछन् । अर्काथरी पार्टीले नै चुनाव जित्ने भए किन गर्नु भन्छन् ।’

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ७ : ३० बजे

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

कांग्रेसको उपसभापति र महामन्त्री पदको मतगणना जारी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदका

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली