बुटवलमा उपचाररत कोरोना संक्रमित एक वृद्धाको मृत्यु | Khabarhub Khabarhub

बुटवलमा उपचाररत कोरोना संक्रमित एक वृद्धाको मृत्यु


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्धाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका—११ की ७२ वर्षीया महिलाको सोमबार राति साढे ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

डा. गौतमका अनुसार भदौ १० गते अस्पतालमा भर्ना भएकी ती वृद्धाको उपचार ११ गतेदेखि भेन्टिलेटरमा राखेर भइरहेको थियो ।

सोमबारै बिहान कपिलवस्तुको शिवराज नगरपालिकाका २ जना र सिद्धार्थनगरका १ जना गरी ३ जना संक्रमितको रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ८ : ४६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र