सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू) « Khabarhub

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)


१ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप घट्न थालेको छ ।

अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायका सिलसिलामा उपत्यकामा बसोबास गर्दै आएका नागरिक दसैँ मनाउन घर फर्किन थालेपछि सडकमा चहलपहलसमेत कम हुँदै गएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि असोज ३० गतेसम्म ४ लाख २३ हजार ६६४ जना यात्रुले उपत्यका छाडेका छन् । विशेषगरी असोज २५ गतेदेखि ३० गतेसम्म उपत्यका छाड्ने यात्रुको सङ्ख्या उल्लेख्य रहेको छ ।

ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार असोज २५ गते ५२ हजार ८२७, असोज २६ गते ५६ हजार ८०९, असोज २७ गते ७८ हजार १३८, असोज २८ गते ७४ हजार ९७९, असोज २९ गते ८५ हजार ५६१ र असोज ३० गते ७५ हजार ३५० जना यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

दसैँका लागि यात्रु बाहिरिने क्रम बढेसँगै उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा यात्रुको चाप घट्न थालेको छ । मध्यम तथा लामो दूरीका सवारीसाधनलाई रुट परमिट खुला गरिएपछि स्थानीय रुटमा सञ्चालन हुने कतिपय सवारीसाधनसमेत रिजर्भमा यात्रु लिएर उपत्यकाबाहिर जान थालेका छन् ।

दसैँ मनाउन उपत्यका छाड्नेको सङ्ख्या बढ्दै जाँदा राजधानीका सडकमा सवारी चाप कम हुँदै गएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  १२ : ०४ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं