जीवन बदल्न धार्मिक ग्रन्थका यी १० ज्ञानबारे जान्नुस् « Khabarhub

जीवन बदल्न धार्मिक ग्रन्थका यी १० ज्ञानबारे जान्नुस्


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मानिसहरुको जीवन पद्धतिका विषमाय विभिन्न धार्मिक शास्त्रहरुमा उल्लेख गरिएको पाइन्छ । शास्त्रका कुराहरुलाई पालना गर्ने हो भने मानिसको जीवन सहज र सरल हुने देखिन्छ ।

जीवनमा आइपर्ने विभिन्न वाधा अड्चनहरु निवारणको उपाय पनि शास्त्रमा उल्लेख गरिएको पाइन्छ । साच्चै जीवन बदल्न चाहनुहुन्छ भने हिन्दु धर्मका यी १० प्रकारका ज्ञान लिनु आवश्यक छ ।

जसबाट तपाइँको जीवनमा सुख, शान्ति, सम्पत्ति, समृद्धि प्राप्ति हुने विश्वास गरिन्छ ।

गीताः वेदमा ज्ञानलाई नयाँ तरीकाबाट कसैले व्यवस्थित गरेका छन् । उनी हुन् भगवान श्रीकृष्ण । गीतामा भक्ति, ज्ञान र कर्मको मार्ग नबुझेमा अरु केही बुझन् सकिदैन ।

योगः योग नै धर्म र आध्यात्माको एक वैज्ञानिक पथ हो । यसको माध्यमबाट जिन्दगी बदलिनेछ । योग मुख्यत ब्रह्मयोग र कर्मयोगमा विभाजित छन् । पंतजलिले योगको व्यवस्थित रुप दिएको छ । योग सुत्र योगको सबैभन्दा उत्तम सुत्र हो ।

आयुर्वेदः आयुर्वेद अनुसार जीवन जिउँदा कुनै प्रकारका रोग शोक हुँदैन । आयुर्वेदको प्रथम उपदेशक धन्वंतरी ऋषिलाई मानिएको छ ।

षड्दर्शनः षड्दर्शनमा ६ दर्शन छन् । न्याय, वैशाषिक, मिमांसा, साख्य, वेदान्त र योग

ज्योतिषः ज्योतिषलाई वेदको नेत्र भनिन्छ ।

वास्तु शास्त्रः वास्तु शास्त्रअनुसार यज्ञ मण्डप, मन्दिर, देवालय, घरको निर्माण गरिएको हुन्छ । वास्तु अनुसार घर भएमा जीवन सुखी हुनेछ ।

यज्ञः यज्ञलाई पुजा पाठ वा कर्मकाण्ड सम्झन हुँदैन् । यज्ञ ब्रह्मयज्ञ, देवयज्ञ, पितृयज्ञ, वैश्ययज्ञ र अतिथि यज्ञ गरी ५ प्रकारमा विभाजन गरिएको छ । देवयज्ञलाई अग्निहोत्र कर्म भनिन्छ । यज्ञको विवरण यर्जुदेवमा पाइन्छ ।

तन्त्र शास्त्रः तन्त्र मुलत शैव आगम शास्त्रमा जोडिएको पाइन्छ, तर यसको मुल अथर्ववेद हो । तन्त्र विद्याको माध्यमबाट व्यक्तिले आफ्नो आत्मशक्तिको विकास गरेर केही प्रकारका शक्तिबाट सम्पन्न गर्न सक्छ ।

मन्त्र मार्गः मन्त्रको अर्थ मनलाई एकत्रित गर्ने । मन जब मन्त्रको अधिनमा हुन्छ तब उ सिद्ध हुन्छ । मन्त्र मुख्यत वैदिक, तान्त्रिक र शाबर मन्त्र हुन्छन् ।

जाति स्मरण मार्गः पूर्व जन्मबारेमा जान्न प्रयोग गरिनेलाई जाति स्मरण भनिएको छ । दिनचर्याको क्रम जारी राखेर मेमोरी रिर्वस लाई बढाउछ यो नै जाति स्मरणको विधि हो । यसबाट पुर्व जन्मको बारेमा जान्न सकिन्छ ।

– धार्मिक ग्रन्थको सहयोगमा

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ७ : ५५ बजे

फागुन २१ को निर्वाचनका लागि छपाइ सामग्री आयोगमा आउन थाले

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक

एक महिनापछि दरवाङ–म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुचारु

म्याग्दी– म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको

दोस्रो त्रैमासमा नेपाल टेलिकमको खुद नाफा १२.९८ प्रतिशत घट्यो

काठमाडौं- नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत

देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते

घोराही– देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा ठोक्किँदा

स्याङ्जा- १ का उम्मेदवार मिनप्रसादलाई ६ प्रश्न

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा देशैभरीका १६५