डा अधिकारीका अनुसार यी हुन्- डिप्रेसनका लक्षण र बच्ने उपाय  « Khabarhub

डा अधिकारीका अनुसार यी हुन्- डिप्रेसनका लक्षण र बच्ने उपाय 


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अहिले कोरोना भाइरसको महामारीका कारण मानिसहरु मानसिक रोगको शिकार बनेका छन् । यो अवस्थमा अनावश्यक चिन्ता नलिन चिकित्सकहरुले सुझाउँदै आएका छन् ।

सबैभन्दा बलियो अस्त्र आत्मबल बढाउनुपर्ने उनीहरु सुझाउँछन ।

आत्मबल कमजोर हुँदा मानिसमा अनेकथरी विचलन आउने, स्वास्थ्य अवस्थासमेत कमजोर हुँदै जाने मानसिक रोग विशेषज्ञ डाक्टर अनन्त अधिकारीले बताए ।

डा अधिकारीले डिप्रेसनलाई प्रभाव पार्ने, जैवीक, मनोवैज्ञानि र सामाजिक कारण हुने बताए । उनले डिप्रेसन जो सुकैलाई पनि हुनसक्ने बताए । उनले सेलीव्रेटीदेखि नेताहरुमा पनि डिप्रेसन हुनसक्ने बताए ।

उनका अनुसार डिप्रेसनका लक्षण यस्ता छन्-

–दुईसाता भन्दा बढी समयसम्म हरेक दिन निराशाको भावना आउने,
–दिक्दारीपन हुने,
–रमाउन मन नलाग्ने,
–थोरै काम गर्दा पनि गल्ने वा थाक्ने,
–भोक तथा निद्रामा गढबढी हुने,
–आफ्नो वरिपरिको वातावरण तथा भविष्य व्यर्थ लाग्ने,
– आफ्नो जीवन समाप्त भएपछि हुन्थ्यो भन्ने भाव आउने,
–आत्महत्याको भावना आउने,
–अन्तिम अवस्थामा पुग्दै जाँदा विक्षिप्त अर्थात साइकोसीस हुने
–शारीरिक सक्रियता हुने, थला पर्ने आदि डिप्रेसनको लक्षण हुन ।

उपचार पद्धति के त ?

उनले डिप्रेसनको उपचार पद्धति दुई प्रकारको भएको बताए । उनले डिप्रेसनको मनोवैज्ञानिक उपचार अर्थात साइकोथेरापी र अर्को औषधि उपचार भएको बताए ।

डा अधिकारीका अनुसार सामान्य र भर्खरै देखिएका डिप्रेसनका लक्षणहरुमा मनोपरामर्शले पनि निको हुनसक्छ ।

तर डिप्रेसनका कारण व्यक्तिको दैनिक तथा सामाजिक जीवनमा असर परेको छ भने त्यसको भने औषधि उपचार नै गर्नुपर्ने डा अधिकारीले बताए ।

उनले केही महिनाको उपचारले व्यक्ति पूर्ण रुपमा स्वास्थ्य हुने बताए । डिप्रेसन निको हुने रोग भएकाले डिप्रेसनको लक्षण देखिएमा तत्काल उपचार गर्न सबैलाई आग्रह गरे ।

उनले आत्मबल बलियो बनाउन सुझाउँदै संसारमा विगतमा धेरै थरिका महामारी आएकाले यो कोरोना माहामारी पनि टरेर जाने विश्वास गर्न सबैलाई आग्रह गरे ।

स्वास्थ्य सुरक्षा अपनाउँदै आत्मबल बलियो बनाउने हो भने  कोरोनाको त्रासबाट बच्न सकिने र मानसिक समस्या समेत नउब्जिने उनको धारणा छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ९ : ०१ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको