आज हनुमानको आराधना गरे के के फाइदा हुन्छ ? « Khabarhub

आज हनुमानको आराधना गरे के के फाइदा हुन्छ ?


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मंगलबारलाई पवन पुत्र श्रीहनुमानको दिनका रुपमा मानिन्छ । यस दिन हनुमानको आराधना गरे बौद्धिक क्षमता वृद्धि, शत्रु पराजति, शारीरिक पीडा लगायतका सबै प्रकारका कष्टबाट मुक्ति पाइने विश्वास गरिन्छ ।

यदि कुनै ब्यक्ति अपराधका कारण कारागार जीवन बिताइ रहेको छ भने संकल्प लिएर क्षमा प्रार्थना गरी भविष्यमा कुनै पनि प्रकारका कुकर्म नगर्ने वचनसहित हनुमान चालीसाको १०८ पटक पाठ गरेमा उसको कारागार जीवन छोटिने धार्मीक मान्यता छ ।

हनुमानको कृपा भएमा शनि र यमराजले समेत कुनै हानी पुर्‍याउन सक्दैनन् । त्यसैले शनि ग्रहको पीडाबाट छुटकारा पाउने चाहाना भएमा हरेक मंगलबार हनुमान मन्दिरमा गई हनुमान चालीसा पाठ गर्नुहोस् । साथै शनिबारका दिन सुन्दरकाण्ड वा हनुमान चालिसा पाठ गरेमा शनि भगवानको समेत कृपा प्राप्त हुन्छ । तर मंगलबार र शनिबार भुलेर पनि मदिरा वा मांसाहारी भोजन गर्नुहुदैन ।

कुनै रोगबाट पीडित हुनुहुन्छ वा घरमा कोही बिरामी छ भने हनुमानजीको प्रतिमा सामु जलको एक पात्र राखेर २६ वा २१ दिनसम्म नियमित हनुमान चालिसाको पाठ गरे रोगबाट मुक्ति मिल्ने धार्मीक विश्वास छ । उक्त जललाई हरेक दिन ग्रहण गर्नुहोस् र भोलीपल्ट अर्को जल राख्नुहोस् ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ११ : ५२ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय