रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा बिहीबारदेखि पढाइ सुरु हुने « Khabarhub

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा बिहीबारदेखि पढाइ सुरु हुने


३० भदौ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम पूर्व – रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा रहेका विद्यालयमा बिहीबारदेखि पढाइ सुरु हुने भएको छ । गाउँपालिकाले कोरोना भाइरसको महामारीको कारण लामो समयदेखि बन्द रहेका विद्यालय असोज एक गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो ।

गएको चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि बन्द भएका शैक्षिक संस्थाहरु पर्सि बिहीबारदेखि सञ्चालनमा ल्याउने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष ओमकुमारी शाहीले जानकारी दिए ।

‘लामो समयसम्म शैक्षिक संस्थाहरु बन्द भएपछि विद्यार्थी समस्यामा परेका छन्,’ उपाध्यक्ष शाहीले भने,‘स्वास्थ्यका सम्पूर्ण मापदण्डहरु पालना गरेर गाउँपालिकाभित्रका विद्यालयमा पठन-पाठन सञ्चालन गरिनेछ ।’

अहिले गाउँपालिकाभित्रका केही विद्यालयमा वैकल्पिक सिकाइ केन्द्रमार्फत पठनपाठन भइरहेको पनि उनले जानकारी दिए । गाउँपालिकामा कोरोना भाइरस संक्रमित नभएको तर जोखिमको अवस्था रहेकाले उच्च सतर्कताका साथ पढाइ सुरु गर्न लागेको गाउँपालिकाले जनाएको छ ।

रुकुम पूर्वको सिस्ने गाउँपालिकाले पनि असोज ६ गतेदेखि गाउँपालिकाको वडा नम्बर १ र २ मा रहेका शैक्षिक संस्थाहरु सञ्चालनमा ल्याउने तयारी गरेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै पठनपाठन सुरु गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता जीवन केसीले बताए ।

अन्य वडामा रहेका विद्यालयको लागि भने अर्को व्यवस्था नभएसम्मको लागि रेडियो शिक्षा कार्यक्रमलाई निरन्तरता दिइने प्रवक्ता केसीले बताए ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  १० : ३३ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं